मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थापनाको ४६ बर्ष पछि जिल्ला अस्पतालले पायो पहिलो पटक एमडीजिपी

स्थापनाको ४६ बर्ष पछि जिल्ला अस्पतालले पायो पहिलो पटक एमडीजिपी

बयालपाटाको ३ महिना बसाईले अछाम रोजे : डा. बास्कोटा


बयालपाटा अस्पतालको ३ महिना बसाईले अछाम रोजे : डा. बास्कोटा ।

अछाम । अछामको सदरमुकाम मंगलसेनमा रहेको जिल्ला अस्पतालले स्थापना भएको ४६ बर्ष पछि पहिलो पटक एमडिजीपी डाक्टर पाएको छ । अछाम जिल्ला अस्पतालले जिपी डाक्टर त्यसमा पनि महिलाका रुपमा पहिलो पटक डाक्टर सोनाली बास्कोटालाई पाएको हो ।

सरकारी कोटाबाट छात्रबृतिमा एमडिजिपी सकाएका डा. बास्कोटाले २ बर्षे कार्य क्षेत्रका रुपमा अछामलाई रोजेपछि अछाम जिल्ला अस्पतालले जिपी डाक्टर पाएको हो । यसअघि २०५० सालपछि जनस्वास्थ्य र अस्पताल एउटै रुपमा संचालन भएपछि त्यो समयमा छिटफुट रुपमा एकिकृत चिकित्साका रुपमा डा. आएपनि अस्पतालकै लागि भनेर जिल्ला अस्पतालले जिपी डाक्टर पाएको यो पहिलो पटक हो ।

२०५८ देखि ६५ सम्म एकिकृत हिसाबले चिकित्साका डाक्टर आउने जाने क्रम मात्रै भयो स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकत झपट ढुंगानाले भने अस्पतालकै लागि बिशेषज्ञ डाक्टर आएको यो पहिलो घट्ना हो । २०२८ सालमा मंगलसेनको बजारमा भाडाको घरबाट हेल्थ सेन्टरको रुपमा सेवा सुरु गरेपनि २०३४ सालमा मात्रै जिल्ला अस्पतालका रुपमा परिणत भयो र मंगलसेन बजारमा रहेको जिल्ला अस्पताल २०४० साल नयाँ संरचना निर्माण भएपछि माथी सरेको उनले सुनाए ।

त्यसयता अस्पतालमा मेडिकल अधिकृतका रुपमा डाक्टर अस्पतालमा आएपनि अधिकृत भन्दा माथिल्लो स्तरको डाक्टर अस्पतालले पाउन सकेको थिएन् । तर २०६५ सालमा बृहत प्रसुती सेवा संचालनको लागि भने नेपाल सरकारले उपलब्ध गराएको बजेटबाट अस्पताल र व्यक्तीको सम्झौतामा करिब ढाई बर्ष डा. अर्जुन श्रेष्ठले काम गरेका स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

त्यो बेला अस्पतालमा एउटा राम्रो टिम थियो, सेवा पनि राम्रो थियो ढुंगानाले भने दिनमा ३ सय जना बिरामीले सेवा लिने गरेका थिए । डा. श्रेष्ठ गएपछि २१ दिन मात्रै जिल्ला अस्पतालमा बिशेषज्ञ डाक्टर फणिन्द्र दाहल मेडिकल सुपरिटेडका रुपमा रहे पनि त्यसपछि लामो समय उक्त पद रिक्त रहेको उनले बताए ।

हाललाई जिपीका रुपमा २ बर्षका लागि जिल्ला अस्पतालले हाल सरकारी छात्रबृतिमा पढेका डा. सोनाली बास्कोटालाई पाएपनि १ जना बिशेषज्ञ र १ जना मेडिकल अधिकृतको दरबन्दी रहेपनि अहिले सम्म बिशेषज्ञ जिपी डाक्टर पाउन सकेको छैन् । १५ बेडको स्वीकृती रहेको जिल्ला अस्पतालमा एकजना ९ औँ तहका बिशेषज्ञ मेसु वा जिपी र एकजना मेडिकल अधिृकत हुनुपर्ने हो तर त्यो हुनु नसक्नु अछामका लागि दुखद कुरा भएको स्वास्थ्य कार्यालय अछाका प्रमुख ढुंगानाले बताए । बृहत प्रसुती सेवाका लागि एडभान्स लेभलको एकजना मेडिकल अकिृधत वा जिपी हुनुपर्ने पनि उनले बताए ।

एमडिजिपीका लागि धेरै पटक प्रयास भए अस्पताल विकास समतिीले निर्णय गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको छ, संघ देखि प्रदेश सरकारलाई अनुरोध गर्नुका साथै अछामबाट प्रदेश तथा संघमा प्रतिनिधत्व गर्ने जनप्रतिनिधीले माग गरेपनि त्यसको परिपूर्ती हुन नसकेको ढुंगानाको भनाई छ ।

नेपालमै बिशेषज्ञ चिकित्सको अभाव छ ढुंगानाले भने प्राय जसो बिशेषज्ञ डा शहर केन्द्रित हुने गरेका कारण पनि दुर्गम जिल्लामा अभाव कायमै छ । दुर्गमका अस्तपतामा थप सेवा सुविधा दिन पनि नसकिने बिशेषज्ञ डाक्टरलाई प्रयाक्टीस गर्ने बातावरण नहुदाँ आउन नमान्ने गरेको उनको बुझाई छ ।

प्रमुख ढुंगानाले अघि भने गत माघ देखि हाल एमडिजीपीका रुपमा डा. सोनाली बास्कोटालाई अस्पतालले पाएको छ । नेपाल सरकारको सरकारी छात्रबृतिबाटै भएपनि जिल्लाले अहिले एमडिजीपी डाक्टर पाएको छ, जनताले सेवा पाएका छन्, सुधार भएको देखिन्छ ।

डा. बास्कोटा सहित अहिले जिल्ला अस्पतालमा, २ जना सरकारी छात्रबृतिका, १ जना बृहत प्रसुती सेवाबाट एडभान्स एसबिए डाक्टर, १ जना अस्पताल बिकास समिती र १ जना कोभिड लक्षित गरेर ६ जना डाक्टर कार्यरत रहेका जिल्ला अस्पताल मंगलसेनले जनाएको छ ।

बयालपाटाको ३ महिना बसाईले अछाम रोजे : डा. बास्कोटा ।

राष्ट्रिय चिकित्सा एवंम स्वास्थ्य विज्ञान प्रतिष्ठान (विर अस्पताल) कामाण्डौँमा एमडिजिपी पढ्दै गर्दा तेश्रो बर्षको रेजिडेन्सी पुरा गर्न डा. सोनाली बास्कोटाको पोष्टीगं बयालपाटा अस्पतालमा भयो । त्यति बेला उनलाई सुदूरपश्चिम त्यसमा पनि सुन्ने गरेको टाढा र दुर्गम अछाम कस्तो होला कसरी बस्ने होला भन्ने थियो । तर जब उनि अछाम पुगिन् र बयालपाटा असपतालमा ३ महिना काम गरिन् उनलाई लाग्यो अबको २ बर्ष अछाममै फर्केर सेवा गर्छु ।

३ महिना बयालपाटा अस्पतालमा काम गर्दा अस्पतालले दिएको सेवा देख्दा होस् वा अछाम सोच भन्दा फरक दुर्गम र टाढा नलाग्नुले अछामलाई पहिलो रोजाईमा राखेको उनले बताईन् । छात्रबृतिमा रेजिडेन्सी सकिएपछि २ बर्ष सरकारी अस्पतालमा काम गर्नुपर्ने नियम अनुसार त्यो बेला फर्म भर्दा अछाम रोजेको उनले सुनाईन । घरमा टाढा नजान नजिकै काम गर्न सल्लाह दिएका थिए तर मैले घरमा कसैलाई नभनी पहिलो नम्बरमा अछामलाई रोजेको थिए उनले भनिन् । अछाम दोश्रो पटक आएर काम गर्दा आफुलाई खुशी मिलेको र यहाँको अनुभव पनि लिन मिल्ने उनि बताउछन् । स्वास्थ्यको हिसाबले अझैपनि अभाव त छ उनि भन्छन् तर बिस्तारै त्यसको पनि समाधान होला ।

जनशक्ती सहतिको आईसियु, भेण्टीलेटर, सिटी स्क्यान लगायतका सेवा जिल्ला भित्रै नहुदाँ यहाँका जनताले लामो यात्रा गरेर बाहिर जानुपर्छ, अब त्यसको समाधन गर्न तर्फ सबै लाग्नुपर्ने उनको धारणा छ । अछाम जिल्लामा ट्रमा सेन्टर र अन्य थप सेवा सुबिधा सहितको कुनै एक अस्पतालको दिर्घकालिन व्यावस्थापन भए यहाँका जनतालाई निकै राहत हुने उनको भनाई छ ।

अछाम जिल्लाका महिलाहरुका स्वास्थ्य समस्या धेरै छन् । उनिहरुले अहिले पनि राम्रो संग खुलेर आउदैनन् डा. बास्कोटा भन्छन् म आफु पनि महिला नै भएका कारण महिलाका स्वास्थ्य समस्या समाधान गर्न पनि मेरो अछाम बसाईका क्रममा त्यस तर्फ बढी केन्द्रित हुनेछु ।

जिल्लामा हार्डजोर्नी र ब्लड बैँको समस्या बढी छ, उनि भन्छ्न आफु रहने २ बर्षको अवधिमा जिल्ला अस्पतालको सेवालाई थप सुधार गर्नुका साथै अर्थोपेडिक सेवा सुरु गर्ने र ब्लड बैँक स्थापनाका लागि पहल गर्ने सोच छ । म अछाम आएको ५ महिना भयो उनि भन्छ्न यो अवधिमा अछामका महिलाका समस्या बारे बुझ्न पाउदा र उनिहरुलाई सल्लाह सुझावका साथै उपचार गर्न पाउदाँ खुशी लागेको छ ।

जिल्ला अस्पताललाई ५० बेडमा स्तरबृद्धिका लागि पहल ।

करिब ३ लाखको हाराहारीमा जनसंख्या रहेको अछाममा जिल्ला अस्पताल ५० बेडको हुनुपर्ने माग पहिले देखि नै उठिरहेको छ । ५० बेडको स्वीकृतीका लागि नितिगत निर्णय भएपनि त्यो प्रकारको काम हुन सकेको छैन् । पूर्वाधार विकास, उपकरण व्यावस्थापन र जनशक्तीको अभाव कायमै छ । अहिले सम्म अस्पताललाई ५० बेडमा स्तर उन्नती हुन नसक्नुका पछाडी बनाउन जोडदार माग हुन नसकेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानको भनाई छ ।

जिल्लामा बिशेषज्ञ चिकित्सक नियमित हुनपर्छ भनेर धेरै दिन पहिले देखि निरन्तरर छलफल भईरहेको छ, जनप्रतिनिधभीले पनि यो कुरा उठाई रहेका छन्, स्वास्थ्य क्षेत्रमा काम गर्ने हामी र अन्य कर्मचारीहरुले पनि त्यो आवाज उठाईरहेका छौँ उनले भने तरपनि त्यसो हुन सकिरहेको छैन् । अछाम जिल्लामा रहेका जिल्ला अस्पताल र बयालपाटा संगसगै अगाडी बढाउनु पर्ने उनको धारणा छ ।