प्रदेश समाचार

अछाममा बजार अनुगमन निरन्तर जारी

अछाम : जिल्ला प्रशासन कार्यालय अछामले जिल्लामा बजार निरीक्षण तथा अनुगमनलाई निरन्तर जारी राखेको छ । टोलिले ढकारी गाउँपालिका वडा नम्बर १,३ र ६ मा रहेका ढकारी बजार, ढंग्ङनेटा बजार र ढुंङ्गाचाल्ना बजारमा संयुक्त अनुगमन गरेको छ ।

अनुगमन गरिएका ११ पसल मध्ये ४ वटा पसललाई सचेत गराईएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी रन्जन प्रसाद तिमिल्सैनाले बताए । जरिवाना कसैलाई नगरिए पनि खाद्य सामग्री म्याद नाघेका भेटिएकाले संकलन सहित सबै नष्ट पारिएको छ ।

अनुगमनका क्रममा म्याद नाघेका सुजि ४२ प्याकेट,नमकिन ४ पाल्टा, भुजा ४१ प्याकेट, दालमोट ३ पाल्टा ७ प्याकेट, आटा १० केजि, चिप्स ३३ प्याकेट, बेसार २४ प्याकेट, बिस्कुट – १६ वटा, ललिपप २ डिब्बा र स्वायभिन १ प्याकेट जलाएर नष्ट पारिएको हो । स-साना पसलहरुबाट थोरै मात्रामा खाद्य सामाग्रि भेटिएकोले पहिलो पटकलाई सचेत मात्र गरिएको सहायक प्रजिअ तिमिल्सैनाले बताए ।

जिल्लाका अन्य बजार भन्दा ढकारीमा बजारमा केही मात्रामा सुधार देखिएको अनुगमन टोलिले जनाएको छ । जिल्लामा कहि कतै उपभोक्ताको हित हनन हुने कार्य भए/गरेको पाईएमा वा प्रचलित कानून विपरित व्यापार व्यावसाय गरेको जानकारी पाईएमा यथाशीघ्र जानकारी गराउन प्रशासनले आग्रह गरेको छ । साथै हरेक सामग्रीको बिल लिने दिने व्यापारी तथा आम उपभोक्तालाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

साँफेबगरका नगर प्रमुख भन्छन् ‘अनुमति मिले तलब भत्ता रोकेर भएपनि कोरोनाको खोप किन्छु’
कृषी तथा पशुपालनमा लगानी गर्दै तुर्माखाँद गाँउपालिका, वडा नं. ७ का १५ जना कृषकलाई ६० बाख्रा बितरण
कमलबजार पिसिआर प्रयोगशालालाई पञ्चदेवल विनायक नगरको १० लाख सहयोग
निजि क्षेत्रको ५० लाख लगानीमा अछाममै सबैभन्दा ठुलो नर्सरी संचालन