मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझै डेढ वर्ष ट्रम्पले फेसबुक चलाउन नपाउने

अझै डेढ वर्ष ट्रम्पले फेसबुक चलाउन नपाउने


काठमाडौं– फेसबुक इन्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बन गरिदिएको छ।

गत जनवरीमा अनिश्चितकालका लागि बन्द भएको ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट थप डेढ वर्ष नखुल्ने भएको हो। ट्रम्पले अब सात जनवरी २०२३ मा मात्र आफ्नो फेसबुक खोल्न पाउनेछन्।

जनवरीमा अमेरिकाको राजधानी वासिङ्टन डीसीमा दंगा भएपछि ट्रम्पको एकाउन्ट बन्द भएको हो। दंगा भड्काउनमा उनकै मुख्य हात रहेको बताइएको छ।

ट्रम्पले फेसबुकमा जथाभावी लेखेकाले एकाउन्ट बन्द गरिएको कम्पनीले जनाएको छ। फेसबुकले भनेको छ, ‘कुनै पनि नेताको फेसबुक पोस्टलाई अब सुरक्षा कवच मिल्ने छैन। –बीबीसी