मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमण कम गर्न साँफेबगर नगरपालिकाको सचेतना कार्यक्रम

कोरोना संक्रमण कम गर्न साँफेबगर नगरपालिकाको सचेतना कार्यक्रम


अछाम : जिल्लाको साँफेबगर नगरपालिकाले कोरोनाको सक्रमण कम गर्नका लागी सचेतना कार्यक्रम गर्दे आएको छ । संक्रमण भएर उपचार गर्नु भन्दा सक्रमण नै हुन नदिन नगरपालिकाले नागरिकलाई सचेत बनाउन तर्फ लागेको छ ।

कोरोना परिक्षणका लागी स्बाब दिएका र होम आईशोलेशनमा बसेकाहरु जथाभावी हिडडुल गर्न थालेपछि नगरपालिकाले सचेतनाको कार्यक्रम गर्दे आएको हो । समुदायस्तरमा कोरोना फैलिएपछि नगरपालिकाले प्रत्येक वडामा पुगेर स्वाब संकलन गर्नुका साथै स्थानीयहरुलाई कोरोनाबाट बच्ने उपायहरुका बारेमा जानकारी गराउदै आएको छ ।

गाउबस्तीमा कोरोना संक्रमणको अवस्था बुझ्न नगरपालिकाका प्रमुख कुल बहादुर कुँवर सहित स्वास्थर सुरक्षाकर्मीको टोली अहिले गाउँ गाउँँमा पुग्ने गरेको छ । गाउँका चिया र किराना पसलमा भीडभाड भइरहने र निषेधज्ञा पालना नगरी हूल बाँधेर हिँडडुल गरेका कारण संक्रमितको सख्या बढिरहेको छ ।

कोरोना संक्रमण कम गर्ने उदेश्यका साथ वडामा पुगेर स्वाब संकलनसगै कोरोनाबाट बच्ने उपाय र स्वास्थ चौकीमा औषधीको उपलब्धताको बारे जानकारी लिने काम भईरहेको छ । यति बेला खेतिपाति लगाउने समय भएकाले पनी गाउघरमा भिडभाड हुन थालेको छ ।

आफ्नो स्वास्थको बिषेश ख्याल राख्न र स्वास्थ सुरक्षाका मापदण्ड अपनाउन नगर प्रमुख कुँवरले स्थानीयहरुलाई सुझाब दिए । निषेधाज्ञामा प्रहरीले अनावश्यक दुख दिने गरेको भन्ने गुनासो आउन थालेपछि प्रहरीले पनी यसबारेमा जानकारी दिने गरेको छ ।

निषेधाज्ञाको बेला जथाभाबी नघुम्न, सवारी साधनमा नियम बिपरित यात्रुहरु नराख्न र मास्क अनिवार्य प्रयोग गर्न आग्रह गर्दे यदि नियमको पालना नगरेमा कारबाही गरिने समेत प्रहरी चौकी ठाटीका प्रहरी निरिक्षक मदन धामीले बताए । लक्षण देखिएकाहरुलाई कोरोना परिक्षणका लागी नगरपालिका र वयालपाटा अस्पतालको सहकार्यमा हरेक हप्ताको सोमवार र बिहिवार स्वाब संकलन हुदै आएको छ ।

कोरोना परिक्षणका लागी स्वाब दिइसकेपछि छुट्टै सुरक्षित रुपमा बस्न स्वास्थ शाखाका प्रमुख पुष्प बुढाले आग्रह गरे । अछाममा कोरोनाको दोस्रो लहरमा २ हजार २ सय ९१ सक्रमितको सख्या पुगेको छ भने १८ जनाको मृत्यु भईसकेको छ । जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ।