मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताललाई ग्रामिण ट्रमा सेन्टरको रुपमा विकसित गर्नुपर्नेमा नगर प्रमुख कुवँरको जोड

बयालपाटा अस्पताललाई ग्रामिण ट्रमा सेन्टरको रुपमा विकसित गर्नुपर्नेमा नगर प्रमुख कुवँरको जोड


साँफेबगर नगरपालिकाद्धारा अस्पतालललाई २ थान कार्डियाक मोनिटर सहयोग

अछाम । जिल्लाको साँफेबगर नगरपालिकाले बयालपाटा असपताललाई नियमित सहयोग गर्दै आईरहेको छ । नगरपालिकाले आर्थिक सहित ओषधी तथा अन्य उपकरण सहयोग गरिरहेको छ । नगरपालिकाले कोरोना भाईरसको व्यावस्थापनका लागि समेत आईश्लेशन निर्माण तथा अस्थायी आकस्मिक कक्ष निर्माण लगायतमा पनि सहयोग गरिरहेको छ ।

सोही अन्र्तगत आज नगरपालिकाले २ थान कार्डियाक मोनिटर बयालपाटा अस्पताललाई हस्तान्त्ररण गरेको छ । नगर प्रमुख कुवँरले उक्त उपकरण अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा मन्दीप पाठकलाई हस्तान्त्ररण गरे । नेपालमै एकमात्र निशुल्क सेवा दिन बयालपाटा अस्पतालका लागि संघिय सरकारले पनि बजेट छुट्याउने पर्नेमा उनको जोड थियो ।

बयालपाटा अस्पताल प्रदेश र संघिय सरकारका लागि गौरव गर्नुपर्ने बिषय हो नगर प्रमुख कुवँरले भने ‘सबै प्रकारका सेवा निशुल्क बयालपाटा बाहेक देशमा अन्त कतै छैन्’ । बयालपाटा अस्पताललाई आगामी दिनमा ग्रामिण ट्रमा सेन्टरको रुपमा समेत विकसित गर्नुपर्नेमा नगर प्रमुख कुवँरको जोड थियो ।

अहिलेको अवस्थामा कार्डियाक मोनिटरको एकदमै आवश्यक्ता रहेका बेला नगरले सहयोग गरेको भन्दै डा. पाठकल खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे । कोरोना संक्रमितहरुको लागि मुटुको धडकन, ज्वरो, ब्लड प्रेसर तथा अक्सिजनको लेभल एकैपटक जाँच गनै सकिने उनको भनाई छ । मोनिटर अस्पतालमा अन्य बिरामीका लागि समेत एकदमै उपयोगी हुने उनले बताए ।