मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरप्रमुख बाेहराले गरे स्वास्थ्य संस्थाकाे अनुगमन सहित स्वास्थ्य सामग्री हस्तान्तरण

नगरप्रमुख बाेहराले गरे स्वास्थ्य संस्थाकाे अनुगमन सहित स्वास्थ्य सामग्री हस्तान्तरण


अछाम। मंगलसेन नगरपालिकाले विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ । नगरप्रमुख पदमबहादुर बाेहराकाे नेतृत्वमा गएकाे टाेलेले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वंसेविकाकाे लागि सामग्री हस्तान्तरण गरिएकाे हाे ।

टाेलिले वडानम्वर ६ काे भन्थान स्वास्थ्य चाैकि, सहरि स्वास्थ्य क्लिनिक ठुलासैन, कालागाउ स्वास्थ्य चाैकी, बान्नाताेलि स्वास्थ्य चाैकी, जुपु स्वास्थ्य चाैकी, सहरि स्वास्य क्लिनिक वडानम्वर १०, वलिगाउ स्वास्थ्य चाैकी र सहरि स्वास्थ्य क्लिनिक वडानम्वर ८ मा स्वास्थ्य सामग्री वितरण गर्नुका साथै स्वास्थ्य संस्थाकाे छड्के अनुगमन समेत गरेकाे हाे ।

स्वास्थ्यकर्मी र महिला स्वंसेविकालाई काेराेनाभाईरसकाे जाेखिम न्युनिकरण र राेकथामका लागि स्वास्थ्य सुरक्षा सामग्री मास्क, सेनिटाईजर, ग्लाेभ्स, पल्स अक्सिमिटर (अक्सिजन नाप्ने यन्त्र) लगायतका सामग्री उपलब्ध गराईएकाे हाे । सामग्री हस्तान्तरणका क्रममा स्वास्थ्य संस्थामा अाैषधि उपलब्धताकाे अवस्था, समस्याहरु लगायतका विषयमा पनि जानकारी लिईएकाे छ ।

काेभिडकाे जाेखिम माेलेर गाउँ स्तरमा स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी र महिला स्वंसेविकाकाे मनाेवल बढाउन स्वास्थ्य संस्थामा पुगेर सामग्री हस्तान्तरण गरिएको नगरप्रमुख बाेहराले बताए । दाेस्राे लहरकाे काेराेना संक्रमण फैलिए पश्चात् अाफुले याे दाेस्राे चरणकाे अनुगमन र स्वास्थ्य सामग्री वितरण गरिएको नगरप्रमुख बाेहराकाे भनाइ छ ।

नगरवासिकाे समस्यालाई समाधान गर्नका लागि नगरपालिका तल्लीन रहेकाे बाेहराले बताए । स्वास्थ्य सामग्री हस्तान्तरण तथा अनुगमन कार्यक्रममा नगरप्रमुख बाेहरा सहित नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मान बहादुर साेडारि, एम अाई एस अपरेटर हाेम बहादुर साउद, नगरपालिकाका कर्मचारी पुष्प भण्डारी र धर्मेन्द्र स्वारकाे सहभागीता रहेको थियाे ।