मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा त्रिवेणी युवा क्लब सक्रिय

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा त्रिवेणी युवा क्लब सक्रिय


अछाम : कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा त्रिवेणि युवा क्लब सक्रिय बन्दै गएको छ ।

क्लबले कोभिड – नोभिड त्रसित हैन सर्तक रहौँ विभेद हैन सदभाव फैलाऊ भन्ने मुल नाराका साथ स्वास्थ्य सााम्रागि वितरण तथा जनचेतनामुलक संदेश दिने कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

ढकारी गाउँपालिकाको समन्वयमा आज गाउपालिका वडा नं ६ मा स्वास्थ्य सााम्रागि वितरण तथा जनचेतनामुलक संदेश दिने कार्यक्रम सम्पन् भएको छ ।

बजारमा हिड्डुल गर्ने मान्छेमध्ये धेरैले माक्सको प्रयोग नै नगरेको भेटिएको र माक्स नलगाई हिड्डुल गर्ने मान्छेलाई सम्झाई स्वास्थ सामाग्रि माक्स,सेनिटाईजर वितरण गरिएको त्रिवेणि युवा क्लबका सचिव ईन्द्र थापाले जानकारी दिए ।

कार्यक्रममा क्लब कोषअध्यक्ष रमला थापा, धिरेन्द्र कुवर, लव कुकर, पहल थापा लगायत क्लबका पदाधिकारी सदस्य लगायत ढुगाचाल्ना प्रहरी चौकिको पनि उपस्थिती रहेको त्रिवेणि युवा क्लबका अध्यक्ष भिमेष रिमालले जानकारी दिए।