मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयाललपाटा अस्पतालमा संकलन भएका स्वाबमा सतप्रतिशत कोरोना संक्रमण

बयाललपाटा अस्पतालमा संकलन भएका स्वाबमा सतप्रतिशत कोरोना संक्रमण

सुदूर आज

अछाम : जिल्लामा बिहिबार थप ४४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा ७२ नमुना परीक्षण गरीएकामा ४४ जनामा संक्रमण पुष्टी भएको हो ।

कमलबजार नगरपालिका साफेबगर नगरपालिलका र ढकारी गाउँपालिका मार्फत ७२ जनाको स्वाब संकलन गरि गरिएको परिक्षणमा १७ जना महिला र २७ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

आज थपीएका संक्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको साफेबगर नगरपालिकाका रहेका छन् । नगरपालिकाकोे वडा नम्बर १, ३, ४, ५, ७, १०, १२ र १४ का १६ जना महिला र २५ जना पुरुष गरी ४१ जनामा संक्रमण देखिएको छ ।

साँफेबगरमा पातलकोट स्वास्थ्य चौकिमा संकलन भएका ३६ स्वाब मध्य १३ र बयालपाटा अस्पतालमा संकलन भएका २८ मध्य २८ जनामा नै कोरोना संक्रमण पुष्टी भएको छ ।

यस्तै कमलबजार नगरपालिकापालिका वडा नम्बर ९ का १ महिला र १ जना पुरुष गरि २ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।

उनका अनुसार ढकारी गाउपालिका वडा न. ६ का १ जना पुरुष मा कोरोना संक्रमण देखिएको छ।