मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला प्रशासनको अनुगमन जारी, जयगढका २ पसल १ गोदाम सिल

जिल्ला प्रशासनको अनुगमन जारी, जयगढका २ पसल १ गोदाम सिल


अछाम : जिल्ला प्रशासन कार्यालय अछामले जिल्लाका मुख्य ब्यापारिक क्षेत्रका बजार अनुगमनलाई जारी राखेको छ । अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको एक टोलीले अनुगमनलाई निरन्तरता दिएका हो ।

सुरक्षाका मापदण्ड पूर्णरुपले पालना गर्दै बजार अनुगमन जारी राखिएको तिमिल्सैनाले बताए । सोही अन्र्तगत दोश्रो दिन पनि जयगढ बजार क्षेत्रमा अनुगमन गरिएको छ । अनुगमनमा प्रचलित कानून बमोजिम व्यापार नगरेका, अनुमति नलिई व्यावसाय गरेका र म्याद नाघेका साथै अखाद्य सामग्री बेचविखनका लागि राखेका ३ जना व्यावसायीलाई कारबाही गरिएको छ ।

अनुगमन भएका भएका ८ पसलमा ३ वटा पसललाई जरिवाना, २ पसल र १ मदिरा गोदाम सिल गरेर ८ वटैलाई सचेत गराएको छ। १ जना व्यावसायीलाई ७ हजार ५ सय र २ जनालाइ ५/५ हजारका दरले जरिवाना तिर्न लगाइएको छ।

लगभग ५० प्रतिशत सामान कुहिएको र म्याद नाघेको भेटिएकोले २ वटा पसल ७/७ दिनको लागि शिलछाप र सार्वजनिक भबनमा गैर कानूनी तबरले मदिरा गोदाम बनाई राखेकोले १५ दिनका लागि उक्त गोदाम शिलछाप गरिएको छ।

जयगढ बजार क्षेत्रमा धेरै खाद्य सामग्री म्याद सकिएका भेटिएकोले सामना खरिद गर्दा प्रयोग गर्न सकिने अवधि अनिवार्य रूपमा हेर्नहुन समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । यस्तै जिल्लाका अन्य ठाँउमा उपभोक्ताको हित हनन् हुने कार्य भएगरेको पाईएमा वा प्रचलित कानून विपरित व्यापार व्यावसाय गरेको जानकारी पाईएमा प्रशासनलाई खबर गर्न समेत आग्रह गरिएको छ ।

जिल्लामा निषेधाज्ञा भएको बेला अखाध्य बस्तुहरुको बेचबिखन हुनसक्ने, महंगी हुन सक्ने कुरालाई मध्यनजर गर्दै अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताए ।