मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य चौकी र महिला स्वास्थ्य स्वयम सेविकालाई सेबक नेपालको स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

स्वास्थ्य चौकी र महिला स्वास्थ्य स्वयम सेविकालाई सेबक नेपालको स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग


अछाम । सेबक नेपालले अछाम जिल्लाका सबै पालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ । सेबक नेपाल सुआहारा दोश्रो कार्यक्रम अन्र्तगत स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरिएको फिल्ड संयोजक सेत बहादुर भुलले बताए ।

कोरोना रोकथाम र नियन्त्रणका लागि आधारभुत स्वास्थ्य सामाग्री सहयोग गर्ने योजना अनुरुप सबै पालिकामा सवास्थ्य सुरक्षाका सामाग्री सहयोग गरिएको उनले बताए ।

अछाम जिल्लाका सबै महिला स्वास्थ्य स्वयम सेविका र स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरिएको उनले जानकारी दिए ।

सेवक नेपालले महिला स्वास्थ्य स्वयम सेविकाका लागि १ सय एमएलका हेण्ड सेनिटाईजर ९ सय ४२ थान र स्वास्थ्य स्वयम सेविका र स्वास्थ्य चौकीलाई सर्जिकल मास्क ५१ हजार ७ सय थान, स्वास्थ्य चौकीलाई हेण्ड सेनिटाईजर ५ सय एमएलका ९२ थान हस्तानत्ररण गरेको छ ।
यस्तै पालिकाका स्वास्थ्य शाखालाई ४५ वटा पिपिई सेट समेत प्रदान गरेको छ ।