मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेडक्रस अछामद्धारा तुर्माखाँद गाँउपालिकालाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

रेडक्रस अछामद्धारा तुर्माखाँद गाँउपालिकालाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग


अछाम । नेपाल रेडक्रस सोसाईटी अछामले जिल्लाको तुर्माखाँद गाँउपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ ।

सोसाईटीले कोरोनाको महामारीका बेला गाँउपालिका र स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीलाई सहज होस् भनेर स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

रेडक्रस सोसाईटी अछामका सभापति रतन प्रसाद ढुङ्गानाले स्वास्थ्य सामाग्री गाँउपालिका अध्यक्ष पुष्पराज शर्मालाई हस्तान्त्ररण गरे ।

स्वास्थ्य सामाग्रीमा १ हजार थाान मास्क र हेण्ड सेनिटाईजर रहेको पालिकाका स्वास्थ्य संयोजक ऐकेन्द बयकले बताए ।

स्वास्थ्य सामाग्री हस्तान्त्ररण कार्यक्रममा रेडक्रस सोसाईटीका मन्त्री धुर्ब शाही, कार्यक्रम संयोजक अम्बर नाथ न्यौपाने लगायतको सहभागीता रहेको थियो ।

माहामारीका बेला स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको भन्दै गाँउपालिका अध्यक्ष शर्माले जिल्ला रेडक्रस लाई धन्यवाद दिएका छन् ।