मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरका एक समाजसेवी दम्पतीद्धारा बयालपाटा अस्पताललाई ४१ हजार सहयोग

साँफेबगरका एक समाजसेवी दम्पतीद्धारा बयालपाटा अस्पताललाई ४१ हजार सहयोग


अछाम । जिल्लाको साँफेबगर निवासी एक जोडीले बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेको छ । साँफेबगर वडा नं. ३ निवासी लाल बहादुर कुवँर र उनका श्रीमती पवित्रा कुवँरले अस्पताललाई ४१ हजार आर्थिक सहयोग गरेका हुन् ।

साविकको सिद्देश्वर गाविसका पूर्व अध्यक्ष समेत रहेका कुवँरले बयालपाटा असपतालले कोरोनाको महामारीसंग लडिरहेका बिरामीको रातदिन खटेर उपचार गरिरहेको भन्दै आर्थिक सहयोग गरेको बताए ।

जिल्लाका जनताको ज्यान बचाउन बयालपाटा अस्पतालले महत्वपुर्ण भुमिका खेलिहरेको भन्दै आफुले सक्ने जति आर्थिक सहयोग गरेको कुवँरका श्रीमती साँफेबगर नगरपालिका वडा ३ का वडासदस्य पवित्रा कुवँरले बताईन् ।