मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रवासी नेपाली संघ महाराष्ट गुजारतद्धारा अछामका २ अस्पताललाई १ लाख २६ हजार बढीको सहयोग

प्रवासी नेपाली संघ महाराष्ट गुजारतद्धारा अछामका २ अस्पताललाई १ लाख २६ हजार बढीको सहयोग

सुदूर आज

अछाम : प्रवासी नेपाली संघ महाराष्ट गुजारत सयक्त राज्य समितीले अछाम जिल्लाका दुई अस्पताललाई सहयोग गरेको छ । समितिले बयालपाटा अस्पताल र जिल्ला अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको हो ।

नेकपा एमालेको भातृ सँगठन प्रवासी नेपाली सँघ भारतद्धारा प्राप्त सामाग्री नेकपा एमाले अछामले दुईवटा अस्पताललाई हस्तान्तरण गरेको हो । कोरोनाको महामारीका बेला जिल्लाका अस्पतालहरुले यसको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै सहयोग गरिएको समितिका अछाम स्थित प्रतिनिधी आकाश कुवँरले बताए ।

कोभिड महामारीसंग लडिरहेका हरेक ब्यक्तिलाई सहयोग पुगोस भन्ने लक्ष्यका साथ जिल्ला अस्पताल अछाम र बयलपाटा अस्पतालका प्रमुखलाई २०/२० थान ब्ल्याङ्केट, २०/२० थान तन्ना र ५/५ थान पानि तताउने ईलेक्ट्रोनिक जग हस्तान्तरण गरीएको हो ।

बयलपाटा अस्पताल साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँरको बिषेश उपस्थितीमा र जिल्ला अस्पतालमा नेकपा एमाले अछामका उपाध्यक्ष प्रकाश शाह र जिल्ला कार्यालय सचिव नमराज न्यौपानेको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको थियो।

प्रदेशमा दुख गरेर कमाएको आफ्नो पारिश्रमिकबाट रकम कटाएर यसरी अस्पताललाई सहयोग गरेकोमा जिल्ला अस्पताल विकास समिति अध्यक्ष प्रभुनाथ खनाल र वयलपाटा अस्पतालका मेडिकल निर्देशक डा। मन्दिप पाठकले प्रवासी नेपाली संघ भारतलाई धन्यबाद ज्ञापन गरे ।

कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने सामाग्री सहयोगले कोरोना संक्रमितको उपचारको लागि सहज भएको वयलपाटा अस्पतालका मेडिकल निर्देशक डा. पाठकले बताए।