मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमण नियन्त्रण, रोकथाम र हाम्रो जिम्मेवारी !

कोरोना संक्रमण नियन्त्रण, रोकथाम र हाम्रो जिम्मेवारी !


हिम विश्वकर्मा

हाल देशै भरी विभिन्न शहरबजार तथा गाउँवस्तीमा नयाँ भेरियन्ट कोराना भाइरसको संक्रमण भयावहरुपमा फैलिनुको प्रमुख कारण सरकारले समयमा आवश्यक कुराहरुको व्यवस्थापन सहित पूर्व तयारी गर्न नसक्नु र नागरिकतहमा पनि सर्तकताका साथ सजग भएर अनुशासनमा बस्न नसक्नु नै देखिन्छ । किन भने

? सरकारले करीब ३ महिना पहिले दक्षिणी अमेरिकी देश बाज्रीलमा देखा परेको नयाँ भेरियन्ट कोराना भाइरसको संक्रमण आफ्नो देशमा पनि भित्रिन सक्ने कुरालाई मध्यनजर गरी, यसको पहिचान, नियन्त्रण र रोकथामका लागि प्रवेश नाकाहरुमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परिक्षण र आवश्यकता अनुसार सम्बन्धित व्यक्तिहरुलाई क्वारिन्टन र आईसोलेशनमा राख्ने व्यवस्था गर्न नस्कनु ठूलो कमजोरी हो ।

डेढ वर्ष अघि महामारीका रुपमा देखिएको कोराना भाइरस संक्रमण विरुद्धको आवश्यक खोप संख्या आपुर्ति गरी आम नागरिकहरुलाई खोप प्रदान गर्ने कुरामा सजगता अपनाएन । कोराना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, निदान तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री, उपकरण, अक्सिजन, टेष्टकिट तथा आवश्यक औषधी तथा जनशक्तिको व्यवस्थापनको मापन गरी दूर्त–प्रतिकार्य योजना निर्माण, व्यवस्थापन तथा कार्यान्वयन समयमा गरिएन ।

खुला सिमानाकाबाट स्वदेश फर्कने नागरिकहरुलाई सुरक्षित तरिकाले गन्तव्य सम्म पु¥याउन आवश्यक सवारी साधनहरुको व्यवस्था र गाउँवस्तीमा अनिवार्य क्वारिन्टीन गर्ने रचनात्मक योजना निर्माण गर्न सकेन । सबैतहका विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनीधिहरु यस्तो महामारीको वेला स्वास्थ्य सुरक्षा अभियानमा संलग्न हुन छोडेर विभिन्न कुराको तिक्डमबाजी मच्चाउदै एकअर्काको विरोध गर्न र आ–आफ्नो मान, प्रतिष्ठा र अस्तित्व जोगाउनमा बढी केन्द्रित रहेका देखिए ।

कोराना भाइरस संक्रमणको उच्च जोखिम बढ्न सक्ने कुरा थहा हँुदा हुदै पनि एक अर्का प्रति प्रतिशोध पोख्न विभिन्न स्थानमा सभा, सम्मेलन र ¥यालीको आयोजना गर्न, सुरक्षा मापदण्डको वास्ता नगरी कार्यकर्ता देखि सर्वसाधरण नागरिकहरुको जमघट गराउन राजनीतिक दलहरु बीच होडबाजी गर्ने प्रवृतिको विकास हुन पनि राम्रो पक्ष देखिदैन । साथै, सूचनाको पहुँचबाट वञ्चित नागरिकहरुको सरसफाई तथा स्वास्थ्य सुरक्षा विषयमा क्षमताविकास गर्न अभ्यासमा आधारित सचेतनामुलक क्रियाकलाप सञ्चालन गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखी प्रभावकारी कार्यान्वयन गर्न सकिएन ।

काउन्सिलमा दर्ता भएका चिकित्सक, नर्स तथा अन्य सबै स्वास्थ्यकर्मीहरुको तथ्याङ्क अद्यावधिक र पहिचान सहित उहाँहरुलाई परिस्थिति अनुसार परिचालन गर्ने रचनात्मक रणनीतिक योजना समयमा निर्माण भएन । गाउँवस्तीसम्म लॉकडाउनलाई प्रभावकारी बनाउन अनुगमन प्रणालीलाई सशक्त बनाउन सकिएको छैन । सबै क्षेत्रमा न्यायोचितरुपमा समानता र समतामुखी साधन, स्रोत र संशाधन वितरण, व्यवस्थापन परिचालनमा ख्याल नगरिनु ।

अर्कोतिर प्रवासबाट असुरक्षित यात्रा गरी विभिन्न शहरबजार तथा गाउँवस्तीमा फर्किरहेका मानिसहरु र उनका परिवारका सदस्यहरुले होम क्वारिन्टनमा वस्ने वा बसाउने भनि गरीरहेका बनावटी वाचाहरु अहिलेको परिस्थितिको सृजना गर्ने अर्को वाद्यक देखिएका छन् । किन भने ? परिवारका सदस्यहरु आफन्तको प्रवासबाट घर पुग्ने खबर पश्चात घर नजिकको सडकमा बाटा पर्खि बसिरहेका हुन्छन ।

प्रवासीबाट कम्तीमा पनि दुई हप्ता सम्म अनिवार्य टाढा बस्नु पर्छ भन्ने कुरा थाहा पाई–पाई, पर्खि बसेको सडक छेउमा सार्वजनिक सवारी साधनबाट आफ्नो मान्छे बाहिर झर्दा ढोग दिने, अगालो हाल्ने, गाला चिमुठ्ने, टाउँको मुसार्ने, नजिकिएरै कुराकानी गर्ने र प्रवासबाट ल्याएका झोला, बाकस, सुटकेश तथा भारीहरु खुसीका साथ सावधानी बिना बोकेर घर पु¥याउन व्यस्त देखिन्छन् । यात्राबाट थाकेर आएका मानिसलाई नहाउने पानीको व्यवस्था मिलाउन वा धारा–कुँवामा सामुहिक रुपमा नानाधुनी गर्न सरिक भईरहेका छन । प्रवासबाट आएका सदस्य संग सामुहिकरुपमा संगै बसेर र खाना खान्छन ।

सामुहिकरुपमा गोलबन्ध भएर प्रवासबाट ल्याएका लुगाकपडा, खानेकुरा र अन्य सामाग्री खोल्छन, बाड्छन, खान्छन । अनी प्रतिवद्धता पुरा गर्न छुट्याईएको क्वारिन्टिन कक्षमा आराम गर्न जान्छन् । पाँच छ घण्टा क्वारिन्टिन कक्षमा आराम पश्चात टोलवस्ती नजिक रहेका चियापसलहरुमा गप्फीएर बसिरहेका देखिन्छन् । साँझपख खाना क्वारिन्टिमा खान्छन । राती कता जान्छन ? क्वारिन्टीन कोठामा चुक्कुल लगाएको देखिन्छ । आफू सुरक्षित तरिकाले होम क्वारिन्टीन वा आइशोलनमा बसिरहेको भनि खुलारुपमा हिडी रहन्छन् । दुईचार दिन पछि खोकी, ज्वरो, श्वाँसमा गडबडी, शरीर तथा टाउँको दुख्ने जस्ता लक्षण देखा परे, यो मौषममा आफूलाई सधैं यस्तो हुने गरेको भन्दै प्रतिजवाफ गर्छन । बिरामले च्यापी विसञ्चो हुदा पनि स्वाव परिक्षण गर्ने गराउने कुरामा सजग देखिदैनन् ।

कसैले स्वाव परिक्षण गर्न गराउन सुझाव दिए सामुहिक रुपमा झ्गडिन आउँछन् । आफ्नो मान्छे बिरामी पर्दा संक्रमणको प्रवाह नगरी स्याहारमा व्यस्त देखिन्छन् । आफू विसञ्चो भए पनि कण्डी पटुकी, मुण्टी चोट्की बानी, बिना मास्क सामुहिक खेत रोपाईमा व्यस्त देखिन्छन् । साबुन पानीको कुरो त पर छोडांै, खाली पानीले समेत हातमुख नधुएर प्राय घर भित्र पसिरहन्छन । साझ–पख वल्लोपल्लो घरका सदस्यहरु संगै बसेर गफ्फिरहेका हुन्छन् । कोही आफन्तजन घरमा आउँदा विश्वासका साथ एकआपसमा भलाकुशाली गरिरहेका हुन्छन् ।

आफन्तलाई भेटघाट गर्न घरबाहिर जादा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन संवेदनशिल देखिदैनन् । गाउँघरमा अचानक कसैको मृत्यु हँुदा मृत शरिरमा अँगालो हाल्छन, गाला चुम्छन, सामुहिक रोदन गर्दै वेदना पोख्छन । तामझाम सहित आलोपालो सामुहिकरुपमा लाश बोकेर समशान घाटमा लान्छन । निधन भएको मानिस कोराना संक्रमित हो वा होइन कुनै वास्ता गर्दैनन् र छैन् ।

ल, आफै भन्नुहोस ! यस्तो भद्रगोल सामाजिक व्यवहारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्भव हुन्छ त । एकपटक गम्भीर भएर सोच्नुहोस ! के कोरोना भाइरसको संक्रमण समुदायस्तरमा भयावहरुपमा फैलिसकेको छैन त ? साच्चै मनन् गर्ने हो भने, समुदाय स्तरमा कोरोना संक्रमण भयावहरुपमा फैलि सकेको र परिक्षणको दायरा मात्र बढ्न नसकेको कुरा आत्मसाथ गर्न सकिन्छ, होइन र ?

फरक यति मात्र हो, जहाँ मानिसहरु नियमित स्वाव परीक्षण गराउँछन् वा स्वास्थ्यकर्मीहरुको पहुँच सुनिश्चित छ । त्यहाँमात्र कोराना भाइरसको संक्रमण पहिचान भई संक्रमित बिरामीहरुको आवश्यक उपचारमा जोड दिइएको छ । संक्रमित हो होइन भनि प्रमाणिकरण गर्न नसकिएका लक्षण भने देखिएका बिरामीहरुले कस्तो परिस्थितिको निम्ताउन सक्छन, यस विषयमा चिन्ता सृजना भएको छ । किनभने अहिले स्वाव परिक्षणको नतिजा हेर्दा प्रति १०० मध्ये झण्डै ६० जना संक्रमित देखिन्छन ।

यदि गाउँवस्तीका सबै मानिसहरुको स्वाव परिक्षण गरिए परिणाम कस्तो देखिएला एक छिन मनन् गरौं । मनन गरौं, नतिजा यस्तो देखिने छ । हामी चक्कित पर्नेछौं । यसमा दुईमत नहोला । फेरी, पुनः स्वास्थ्य विज्ञहरुको जानकारी अनुसार कोरोना भाइरस तेस्रो संक्रमणको लहर नजिकिदै गएको छ । जुन लहर यति शक्तिशाली हुनेछ कि ? जसले केटाकेटी देखी सबै उमेर समुहका मानिसहरुलाई आफ्नो चपेटामा लिन सक्नेछ । र यसको संक्रमण नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि ठूलो समस्या सृजना हुनेछ भनि चिन्ता व्यक्त गरिएको छ ।

यस्तो सम्भाव्य जटिल परिस्थितिको सामाना गर्न अविलम्ब आवश्यक प्रतिकार्य कदम उठाउन विलम्ब ग¥यौ भने, ठूलो जनधन गुमाउनु पर्ने स्थिति सृजना हुन सक्छ । तसर्थ अमूल्य मानव जीवनको रक्षा गर्न, नयाँ भेरियन्ट कोरोना भाइरसको रोकथाम, नियन्त्रण, निदान र उपचार आवश्यक तपशिलका कार्यहरुलाई अगाडी बढाउन सामुहिकरुपमा जुर्टौ र आवश्यक सहयोग गर्रौ । म, तिमी, तिनी, उनी र हामी सबैको स्वास्थ्य रक्षाका लागि अविलम्ब सक्रिय कदम चालौं किन भने विपद व्यवस्थापन कुनै एक पक्षको मात्र नभई हामी सबैको साझा जिम्मेवारी हो ।

प्रतिकार्यका लागि अबिलम्ब गर्नु पर्ने कार्यहरु ः

  • स्थानीय तथा जिल्ला तहमा विद्यमान स्वास्थ्य संस्था तथा अस्पतालहरुका सम्पर्क व्यक्ति तथा नम्बरहरुको पहिचान, अभिलेखिकरण, समन्वय, सम्पर्क गरी कोराना संक्रमित बिरामीहरुको उपचार आवश्यक जनशक्ति, स्वास्थ्य सुरक्षा सामाग्री, उपकरण, अक्सिजन, औषधी, ब्लड तथा एम्बेलुन्सको अवस्थाबारे जानकारी लिने र आवश्यक कुराहरुको शिर्घ व्यवस्थापन गर्न सम्बन्धित सबैमा सहयोगका लागि सूचना सम्प्रेण गर्ने ।
  • आ–आफ्नो टोलवस्तीको वास्तविक जनसंख्या निक्र्यौल गरी के ? कति ? प्रवासबाट आएका छन । को ? कहाँ ? कुन ? अवस्थामा रहेको छन भन्ने कुराको नियमित तथ्याङ्क अद्यावधिक गरौ । टोलवस्तीका के कति मानिसहरु ? कोराना संक्रमित छन, भन्ने कुराको निक्र्यौल गर्न स्थानीय सरकार तथा सम्बन्धित स्वास्थ्य स्वास्थ्य संग समन्वय, सम्पर्क गरी एन्टिजीन र पिसिआर परिक्षणको दायरा बढाउन आवश्यक सहयोग गरौं ।
  • शंकास्पद व्यक्तिहरुलाई तुरन्त अस्पताल पु¥याउन प्रत्येक टोलवस्तीमा शिर्घ प्रतिकार्य टोली गठन गरौ, प्रतिकार्य टोलीलाई परिचालन गर्न आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री (फेस शिल्ड, मास्क, ग्लोब्ज, गाउन, बुट, हेडलाईट, स्ट्रेचर) को अभिलम्ब व्यवस्थापनमा जोड दिऔं ।
  • स्वास्थ्य संस्था तथा अस्पतालहरुमा उपचार आवश्यक स्वास्थ्य उपकरण, सामाग्री, औषधी, अक्सीजन र जनशक्ति व्यवस्थापन पक्षलाई सन्तुलित बनाइ राख्न सम्बन्धित सबै संग नियमित परामर्श गरी आवश्यक सहयोग जुटाउन परिचालित हौं ।
  • स्वाव परिक्षण पश्चात पोजिटीभ देखिएका बिरामीहरुलाई अविलम्ब आईसोलेशनमा राखी आवश्यक स्वास्थ्य उपचारमा जोड दिन सम्बन्धित सबैलाई अभिप्रेरित गर्रौ ।
  • प्रतिकार्य टोली मार्फत समुदायस्तरमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाउनु पर्ने सावधानी जस्तै सामाजिक दूरी, स्वास्थ्य सरसफाई, स्वास्थ्य सुरक्षा सामाग्रीको नियमित प्रयोग र तोकिएको मापदण्ड अनुसार अनिवार्य क्वारिन्टिनको महत्वबारे सचेतना अभिवृद्धि गर्न अभ्यासमा आधारित सन्देश सम्प्रेणमा जोड दिऔं ।
  • प्रवासबाट यात्रा गरी होम क्वारेन्टिनमा बसेका मानिसहरुको अनुगमन गर्ने, सहि सूचना दिने, सचेत गराई राख्ने र आवश्यक सहयोग गर्ने ।
  • हरेक टोलवस्तीमा स्ट्रेचर, शव वेर्ने प्लाष्टिक, लाश बोकरे समशानघाट लैजाने मानिसहरुका लागि अनिवार्य स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्था गरी आवश्यकता अनुसार उपलब्ध हुने संययन्त्रको निर्माण गर्ने ।
  • कुनै स्वास्थ्य संस्था वा अस्पतालमा आवश्यक औषधी उपलब्ध नभए अर्को अस्पताल वा स्वास्थ्य संस्थासंग यथाशिर्घ समन्वय, सम्पर्क गरी सम्बन्धित बिरामीलाई औषधी उपलब्ध गराउन सहयोग गर्ने ।
  • टोल वस्तीमा बसोबास गर्ने सबै मानिसहरुको ब्लड ग्रुप पहिचान गरी अद्यावधिक गर्ने आवश्यकता अनुसार रक्तदानका लागि अभिप्रेरित गर्ने ।
  • टोलवस्तीमा बसोबास गर्ने कुनैपनि मानिसलाई मनोसामाजिक समस्या देखिएको पहिचान भएमा नजिकको अस्पतालमा रहेको मनोविमर्शकर्ताको सहयोग लिन आवश्यक सहयोग गर्ने ।
  • भ्रमपूर्ण प्रकाशनलाई दुरुत्साहित गर्ने, यस्ता सन्देशहरु सम्प्रेण नगर्ने र अरुलाई पनि सम्प्रेण नगर्न अनुरोध गर्ने । सहित सूचना र जानकारीहरु पहिचान गरी आवश्यक कुराहरुमात्र सम्प्रेण गर्ने ।
  • आवश्यक सहयोगका लागि एक अर्कालाई जानकारी दिन र लिन फेसबुक म्यासेन्जर, भाइवर, स्काइप र व्हाटस एप ग्रुप निर्माण गरी यथाशिर्घ कार्यान्वयन ल्याई सूचना आदान प्रदान गरी आवश्यक सहयोगमा जुट्ने ।
  • यस विपदको घडीमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र संक्रमित बिरामीहरुको आवश्यकता पहिचान गरी आवश्यक कुराहरुको अविलम्ब परिपूर्ति गर्न सरकारी, गैरसरकारी, निजी, सार्वजनिक तथा व्यक्ति व्यक्तिसंग अविलम्ब समन्वय, सम्पर्क गरी नगद वा जिन्सी सहयोगका लागि पहल गरौं ।

धन्यवाद ! लेखक : विश्वकर्मा, सामाजिक अभियन्ता हुन, जनालीकोट अछाम