मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद् विघटन नेपालको आन्तरिक मामिला : भारत

संसद् विघटन नेपालको आन्तरिक मामिला : भारत


काठमाडौं । कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त नेपालमा हाल जारी राजनीतिक उतारचढावबारे भारतको विदेश मन्त्रालयले उल्लेख गरेको छ । 

मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बुधबार आफ्नो बयानमा भनेका हुन्, “हामीले नेपालमा जारी राजनीतिक गतिविधि सम्बन्धी खबर लिइरहेका छौँ । र हामी यसलाई नेपालको ‘आन्तरिक मामिला’ का रुपमा हेर्दछौँ जसलाई नेपाल आफैँले प्रजातान्त्रिक प्रक्रियाअनुरुप समाधान गर्नेछ ।”

उनले थप भनेका हुन्, “एक कुशल छिमेक र मित्रराष्ट्रका रुपमा नेपाल र त्यहाँका जनतालाई उनीहरुको समृद्धि, शान्ति, स्थिरता र विकासतर्फको यात्रामा भारतको साथ र समर्थन सधैँझैँ कायम रहने पनि जानकारी गराउछौँ ।”