मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईलाका प्रहरी कार्यालय लम्कीमा योग शिविर

ईलाका प्रहरी कार्यालय लम्कीमा योग शिविर


कैलाली : “विश्व हाम्रो घर, मानव हाम्रो थर” भन्ने मुल नाराका साथ विश्व शान्ति महा अभियानले ईलाका प्रहरी कार्यालय लम्की बाट योग शिविर सञ्चालन गरेको छ ।  

कोरोना महामारी रोकथामका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न योग, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा पोषणयज्ञ थेरापी सम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ योग शिविरको आयोजना गरिएको अभियानका अभियान्ता शान्तिदूत योगयात्री विष्णुले जानकारी दिए ।

लम्कीचुहा नगरपालिकाका १० ओटै वडाका बिभिन्न ठाउँमा सञ्चालन गरीने उक्त योग शिविरको आज ईलाका प्रहरी कार्यालय मोतिपुरमा कार्यरत प्रहरी जवानहरुलाई योग तथा ध्यान गराई कार्यक्रमको शुभारम्भ गरीएको हो ।

 विश्व शान्ति महा अभियानका  शान्तिदूत योगयात्री विष्णुले योग र आयुर्वेल सम्बन्धी शिविरमा सहभागि साधकहरुलाई जानकारी दिए ।लम्की चुहा नगरपालिका र पतञ्जली योग समिति लम्कीचुहा नगरपालिकाको संयुुक्त आयोजनामा योग शिविर कार्यक्रमको आयोजना गरिएको हो ।

योग शिविरमा पतञ्जली योग समिति कैलालीका उपाध्यक्ष तथा समाजसेवी खडानन्द सापकोटा , पतञ्जली योग समिति  लम्कीचुहाका अध्यक्ष भवानसिंह भण्डारीले समेत सहजिकरण गरिरहेका छन्।

उक्त शिविरमा ईलाका प्रहरी कार्यालय लम्की मोतिपुरमा कार्यरत १५ जना प्रहरी जवानकोे सहभागीता रहेको थियो । योग शिविर लम्कीचुहा नगरपालिकाका विभिन्न वडाहरू , सरकारी कार्यालय , आवश्यकताका आधारमा सञ्चालन हुने र कोभिड १९ तथा विभिन्न रोग प्रतिरोधात्मक शक्ति बढाउने विषयमा शिविरमा जानकारी दिइने बताइएको छ  ।