मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दृष्टी बिहिन परिवारलाई खाध्यान र आर्थिक सहयोग

दृष्टी बिहिन परिवारलाई खाध्यान र आर्थिक सहयोग


अछाम । मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जनक धामीले अछाम घर भएका एक दृष्टी बिहिन परिवारलाई खाध्यान र आर्थिक सहयोग गरेका छन् ।

अध्यक्ष धामीले संस्था र नारायणी रिफाईनरी ओईल उद्योग प्रा.लि. को सहकार्यमा जिल्लाको चाल्सा घर भई सानै उमेरमा दुबै आँखा गुमाएका सुशिल थापाको परिवारलाई ६ महिनालाई पुग्ने खाद्यान्न सामाग्री र नगद रु २० हजार प्रदान गरिउको उनले बताए ।

अप्ठेरोमा परेका नागरिकलाई सहयोग गर्नु आफ्नो कतर््वय भएको भन्दै धामीले उक्त परिवारलाई सहयोग गरेको बताए । थापाको परिवार हाल सानोठिमि भक्तपुरमा स–परिवार बस्दै आएका छन् ।

निषेधाज्ञाको समयमा मानवीय सेवाको भावना राखी सहयोग गरको भन्दै थापाले संस्था र अध्यक्ष धामीलाई धन्यवाद दिएका छन् ।