अन्तरवार्ता / विचार

जीवनको एक कहानी – कोरोना संक्रमणका कस्टकर २६ दिन

अछाम : जोरायल गाउँपालिका डोटीको लक्ष्मि नगर स्वास्थ्य चौकीमा  कार्यरत अनमी चन्द्रा न्यौपाने बिरामीको उपचार गर्दागर्दै आफै कोरोना संक्रमित बन्न पुगेकी छन् । कोरोनाको  संत्रासका बिच पनि बिरामीको उपचारमा क्रियाशिल उनि अहिले आफै थला परेकी छन् ।  

बैशाख १३ गते देखि २ दिन सम्म टाउको दुखाइ र खोकीको लक्षण  देखिएपछि बैशाख १८ गते कोरोना जाँच गरिन् । त्यस लगत्तै उनमा कोरोना पोजेटिभ देखायो। अहिले उनलाई कोरोना संक्रमित भएको २६ दिन पुगिसकेको छ । उनले सामाजिक सञ्जाल मार्फत आफ्ना २६ औ कोरोना सन्क्रमणका कस्टकर दिनका अनुभव सेयर गरेकी छन् ।

हेर्नुस् उनका २६ औ कोरोना सन्क्रमणका कस्टकर दिनका अनुभव जस्ताको त्यस्तै :

  • चन्द्रा कुमारी न्यौपाने

म एक स्वास्थ्य सेवामा बिगत ६ बर्ष देखि कार्यरत स्वास्थ्यकर्मी ।बिगत बैशाख १३ गते देखि २ दिन सम्म टाउको दुखाइ, तेस्पछिको ४ दिन लगातार शरीर को असह्य दुखाइ, खोकी, सास फेर्न अप्ठेरो महसुस,जिब्रोमा स्वादको कमि,शरीर मा थकान,खाना अरुची आदि लक्ष्ाण देखियो म मा पनि तेस्पछी बैशाख १८ गते Antigen kit ले जाँच गर्दा positive report आयो।मन सारै आत्तियो किनकी म संग मेरो २ बर्शको छोरा पनि २ दिन देखि हन्हनी जरो आइरहेको थियो।म माथी ठुलो बज्रपात आएको महसुस भयो।छोरोलाइ medicine दिदा जरो घटनु को सट्टा झन झन बढिरह्यो कनेर श्वास फेर्न लायो।मेरा ती दुखाइ येक छिन्मै बिलिन भये।तनाब झन झन बढी भयो। म कार्यरत ठाउमा स्वास्थ सेवाको तेति धेरै सुबिधा नभयेकाले मैले घर जाने निर्णय गरे जहा बाट hospital सजिलो होस।घर मा खबर गरे आफ्नो स्थानिय निकाये संग गाडीको लागि अनुरोध गरे कसैले जान मानेन भन्ने खबर आयो😑मन झन आत्तियो येता छोरोको जरो 103 डिग्री नाघ्यो। गाडी आफै खोज्नुस खर्च हामी बेहोर्छौ भनेपछी आसा झन कम्जोर भयो🤐तेतिन्जेल साझको 4/5बजि सकेको थियो।अब के गर्ने🤔।तेस्पछी घर देखि नै गाडी बोलाउने कुरा भयो।जताततै फोन गर्दा केही सीप लागेन अन्तिम्मा Ambulance को टुंगो लाग्यो मेरो श्रीमान यज्ञ खडका आफै आउनुभयो ।अब मन ढुक्क भयो।भाग्य भन्ने कि दशा 3/4 घन्टाको बाटाेमा गाडीले 8 घन्टा लाग्यो।बैशाख को महिना पहिरो परेछ।घन्टौ लायेर बाटो को ढुङ्गा पन्छायो।राती 12:30 मा हर्न बजाउदै एम्बुलेन्स आयो।एक मिनेट समय खेर नफाली फर्किने निणय गरेउ फर्किने बेला हामी अर्को बाटो(घन्टेशोर हुदै) देखि जाने निर्णय गरेउ किनकि आयको त्यो बाटोमा पहिरो जाने डर थियो। गाडी 1/2घन्टा जति कुदेपछी bato नै बिर्सियेउ।करिब ५ घन्टा जति जङ्गल मा हराएउ।बल्ल बल्ल एक जनाको घर नजिक पुगेउ र उहालाई धेरै अनुरोध गरेउ बाटो सम्म पुराइदिन भनेर उहाले नाइ भन्नू भो किन भने हामी एम्बुलेन्स मा थियौ तेहि समय मा कोरोना को महामारीको डर लाख बिन्ती अनि केही पैसा दिन्छौ भनेपछि बाटो सम्म पुराइदिनु भयो दिमागमा नकारात्मक सोचमात्र आइराको थियो किनकि बाबू बिरामी थियो ।उहाको गुन कहिले बिर्सनी छैनौ । त्यो माथी एम्बुलेन्स मा तेल सक्किने डर अहिले सम्जिय भने आङ्ग जिरिङ्ग भयर आउँछ ।बल्ल बल्ल बिहानको 7 बजे धनगढी पुगियो।हामिले िचनेजानेको भयको ले धनगढी को नोभा Hospitalगयौ तेहा पुगेपछी हस्पिटल मा खुट्टा राख्ने ठाँउ थियेन सबै बेड मा pcr पोजिटिभ बिरामी मात्र थिय।oxygen नपायेर छटपटाइरहेका बिरामिको अवस्था हेर्दा झन मुटु नै फुटला झै भयो😓कोहि oxygen को लागि हार गुहार गरिरहेका थिये भने कोहि doctor साप मेरो बिरामिलाइ bed को ब्यबस्ता मिलाइदिनुपर्यो भनिरहेका थिय। केही समय पछि सेती प्रादेशिक अस्पताल मा pcr चेक को लागि नमुना दियम र छोरो लाई IV open गरि तुरुन्त medicine ,nebulization गरेपछी अलि आस पलायो ।कोरोनाको उपचार हुने भनी तोकिएका सबै hospital धायेउ कुनै hospital मा bed खाली थियेन☹️।nebulizer mechine,pulse oximeter झोला भरी medicine बोकेर home isolation मा बस्ने कुरा भयो।साझ घर पुगियो सबैका आँखा रसायका थिये मनहरु आत्तियेका थिये।आफै स्वास्थ्य कर्मी भएकालेे छोराको अनि आफ्नो medication आफै गरे।मेरो श्रीमान् पनि येक कुसल स्वास्थ्य कर्मी हेल्थ असिस्टेन्ट भयेकाले medicine को कुनै कमि भयेन अनि खानपान र हरेक कुरा को।मेरो सासुआमा पनि म सङै बस्नुभाथ्यो आफ्नो नाति हेर्न ।उहाँ 1 दिन अगाडि मात्र घर आउनु भाकोथियो।येक्कासी उहालाई नि जरो आयो ।हामी ३ जना भयेउ घरमा isolation मा।तिनै जनालाइ medicine दिने काम भयो।निको हुन्छ कि भन्ने सोच मनमा पलायो।मन अलि हलुङो महसुस भयो।दोस्रो दिन्को राती करिब 10 बजे mobile मा msg बज्यो msg pcr report को रहेछ ।PCR report positive भनेर आयो मेरो अनि छोरोको।😥😫ठुलो दसा लागेको जस्तो भयो।मन बलियो बनाउने कोसिस गरे ।सबैले हौसला दिनु भयो।म त लगभग निको भयेको महसुस गरिरहेकी थिये।छोरोलाइ पनि सुधार हुँदै गयो अनि सासुलाइ पनि।१४ दिन्पछी isolation मुक्त भयौ।अब next pcr १८ दिन्पछी गर्ने कुरा भयो pcr गर्ने भनेकै दिन मेरो पुरै शरीर मा current लगेको जस्तो दुखाइ भयेर ओछ्यान बाट उठ्नै नसक्ने गरि थला परे।फेरि मै माथी राहुकेतु खनियेको जस्तो भयो।फेरि हतार हतार hospital कुदेउ।छातिको x ray गर्दा normal छ भन्नुभयो x ray मा त pneumonia छ कि छैन भन्ने मात्र देखाउछ तर यो करङ टुटे सरिको पिडा नदेखिने रहेछ यो कस्ले देख्छ??जस्ले भोगेको छ उसैले मात्र महसुस गर्न सक्छ। शरीर मात्र दुखेको हैन आज सम्म खानाको कुनै स्वाद छैन।जिब्रो पुरै छियाछिया भयेको छ।खोकी निको हुने कुनै आसै छैन।पानी पिउदा पनि घाटि पोल्ने स्थिती छ।यति सम्मको पिडा सायेदै आजसम्म भोगेको अनुभव छैन मलाई 😣😴😴😴 मलाइ यति पीडा त सुत्केरी हुदा समेत भाको थियन यति दुखाइ कि सम्झदा नि डर लाग्छ मुख बाट खाने पेन किलर ले काम नगरेर आइ भि ट्रामाडोल लगाउन पर्यो 😴आज २६ दिन बितिसक्दा पनि ज्यानमा सन्चो छैन तर धेरै सुधार भाको छ । आफू लाई बेग्लै चिन्ता छ उता हेल्थ पोस्टमा नि कर्मचारी कम नै छ्न इन्चार्ज सर बिगत केही महिना अगाडि गाडी एक्सिडेन्ट् भयर आराम मा हुनुहुन्थ्यो तेहि पनि अस्ति भाको समायोजन मा गैहाल्नु भो मलाइ अलि आराम हुने बित्तिकै कार्यथलो फर्किनु छ आफ्नो त अब केही चिन्ता छैन बाबू को धेरै चिन्ता लाग्दै छ “तेस्रो भेरियन्त को कोरोना बाल्बालिकाका लागि जोखिम भन्ने समाचार ले भित्री मन पोलेर आउँछ मेरो छोरो कि जागिर”?😓😓😓 त्यो दिन सम्जिदा कस्तो नराम्रो लाग्छ अब त झन बर्खा लागीसक्यो केही गारो भयो भने आउत जावत कसरी गर्ने भनेर ! 🙈 अगिल्लो पटक कोरोना महामारी को बेला ११महिने दुधे बालक सङ्ग कोरोना विरुद्ध लडेको ताजै छ 🙏🙏 अब भगवान भरोसा हो 🙈🙈बेला बेला खाइलाग्दा उमेर का मान्छेको corona का कारण मृत्यु को खबरले मनै चिसो भएर आउँछ। यो कस्तो युद्ध हो भगवान🤦‍♀️जस्ले आफ्नो घर परिवार,ब्यक्तिगत जीवन नभनी,बच्चा नभनी,रात दिन नभनि,दुर्गम ठाउ नभनी,अरुको सेवामा खटेका माथी यो कस्तो चुनौती खडा गरिदियेउ।यो युद्ध हामी जसरी पनि लड्ने छौ।सबैले आफ्नो मनोबल उच्च राखौ।म सङै काम गर्ने मेरा सहकर्मी साथिहरु लाई पनि म छिटो निको भएर आउनेछु भन्न चाहान्छु।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेपाल भित्रियो मनसुन, सतर्क रहन विभागको आग्रह
स्थापनाको ४६ बर्ष पछि जिल्ला अस्पतालले पायो पहिलो पटक एमडीजिपी
पेट्रोलियम पदार्थको मूल्य बढाइयो
अस्पताल भर्ना हुनु पहिले सुगर जाँच्‍नु आवश्यक