मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेफ्रिलाई रेड कार्ड

रेफ्रिलाई रेड कार्ड


  • वेदप्रकाश तिमिल्सैना

करिव बिस बर्ष अघिको प्रसंग । सन्दर्भ चाहिँ अहिलेको । कुरा नेपालगन्जको महेन्द्र रंगशालामा भएको एक फुटबल प्रतियोगिताको हो । पश्चिम नेपालको ठूलो रंगशालामा खुकुरी गोल्ड कप प्रतियोगिता चलिरहेको थियो । उक्त प्रतियोगितामा उपत्यका बाहिरका टिम र काठमाडौका ए डिभिजनका क्लब बिच प्रतिस्पर्धा हुन्थ्यो । प्रतिस्पर्धा कस्तो बाघ र बिरालोको जस्तो ।

उतिबेला खेलकुद पत्रकारितामा सक्रिय म खेल हेर्न नियमित रंगशाला पुग्थे । प्रतियोगिताको क्रममा टिकापुरको टिम र मनाङ मर्स्याङ्गदि क्लब बिच खेल हुने भयो । सुदुर पश्चिमको टिम लाई लिएर नेपालगन्जमा बेग्लै उत्साह थियो । त्यतिखेर चल्तिका खेल पत्रकार जयनारायण शाह Jayanarayan Shah दाई ले बाजागाजाको ब्यवस्थापन गर्नुभएको थियो । टिकापुरका लागि नेपालगन्जको मैदान होम ग्राउन्ड जस्तै ।

तर लिगका धेरै उपाधी उचाली सकेको मनाङ मर्स्याङ्गदी लाई खेल जित्नु भन्दा पनि खेलको सुरुवातको पहिलो मिनेटमा नै गोल हान्ने तयारी थियो । त्यतिखेरका क्पाप्टेन कुमार थापा र अरु खेलाडीको सल्लाह त्यही थियो । उनीहरुको पोस्टमा विपक्षीको गोल हुनेमा स्वयम टिकापुरका खेलाडी लाई समेत शंका थियो । किनकी चुम्बक जस्तै बल समात्ने उतिबेलाको नेलाली राष्ट्रिय टोलीका गोलकिपर विनोद डंगोल मनाङको गोल किपर थिए । चर्चित खेलाडी डंगोल अति आत्मविश्वासमा रहेको खेलको सुरुवातमा उनको हाउभाउ बाट प्रष्ट हुथ्यो ।

एकातिर नेपाली राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेल खेलेका बसन्त थापा लगायतका मनाङका नामि खेलाडी अर्को तिर तुलनात्मक रुपमा कमजोर मानीएको टिकापुर । रेफीले सिटि फुक्ने बित्तिकै खेल सुरु भयो । टिकापुरले खेलको सुरुवातमै मनाङको पोस्टमा आक्रमण गर्यो । टिकापुरका स्ट्राइकर अयोध्या चौधरीको आक्रमण लाई मनाङका गोलकिपर विनोद डंगोलले बचाउ गरे । रेफी ले फेरि सिटि बजाए । विनोद डंगोलले अयोध्या चौधरी लाई जिस्काउन खोजे ।

नामि खेलाडी डंगोलको दाउ उल्टो पर्‍यो किनकी अयोध्या चौधरीले जति मनाङको पोस्टमा जाली चुमाए । खेलको सुरुवातमा पहिलो मिनेटमा गोल हान्ने सल्लाह गरेका मनाङ लाई खेलको सुरुवातमा गतिलो झटका लायो । सुरुवातमा अयोध्या चौधरीले गोल उनीहरु स्तब्ध भएका थिए । त्यो जमानामा मनाङका विरुद्ध त्यो पनि पहिलो मिनेटमा गोल गर्नु कल्पना बाहिरको कुरा थियो । तर कैलालीको टिम टिकापुर र अयोध्या चौधरीले असम्भव लाई पनि सम्भव बनाएको झलझली याद आइरहेको छ ।

नेपाली राजनीतिमा प्रधानमन्त्री ओली ए डिभिजनको ठूलो र लिग जितिसकेको टिम क्याप्टेन हुन तर नेपाली कांग्रेस , माओवादी केन्द्र पनि ए डिभिजन कै हुन । टिम अनि टिमका खेलाडीका बिच मनाङ र टिकापुर जति भिन्नता पनि छैन । त्यसैले प्रधानमन्त्रीको पछिल्लो राजनीतिक रणनीति उनको विरुद्ध पनि सक्छ ।

किनकी खेल सुरु हुनु अघि सबैले कमजोर मानेको टिकापुरले लिग विजेता मनाङको विरुद्ध पहिलो गोल गरेर सबैलाई चकित पारेको थियो । तर यो पटकको सिंहदरवारको लागि भैरहेको प्रतियोगिताको खेल उहिलेको मनाङ मर्स्याङदीको जस्तो पनि होइन । यतिबेलाको प्रतियोगितामा सहभागी टिम र खेलाडी सबै जब्बर मात्र होइन भब्य पनि । कुनै बेलाका सिंहदरवारको लिगका विजेता रहिसकेका हुन कांग्रेस , माओवादीले ।

अनि विपक्षमा खेल कौशल बुझेका खेलाडीको कमि छैन । त्यसैले पनि केपि ओलीका विरुद्ध निर्णायक गोल गरेर प्रधानमन्त्री र उनकी गोल किपर राष्ट्रपति महामहिम बिध्या भण्डारी लाई आश्चर्यचकित पार्न बेर छैन । अपरान्ह ५ बजेसम्म चल्ने खेलको नतिजा आज आउला जस्तो लाग्दैन । तसर्थ अहिलेको खेल लिग चरणको हो । नतिजाका लागि अझै नकआउट चरण सम्म कुर्नुपर्ने पनि हुनसक्छ ।

त्यतिबेला कमजोर मानिएको टिकापुर संग एकजना मात्र अनुभवी खेलाडी अयोध्या चौधरी थिए । तर यतिबेला सिंहदरवारको कप पाउनका लागि भैरहेको खेलमा विपक्षमा पनि सबै अनुभवी छन । तर सत्ताको प्रतियोगितामा रेफ्री हुनुपर्ने राष्ट्रपति बिध्यादेवी भण्डारी प्रधानमन्त्रीको गोलकिपर बन्दा मात्र समस्या भएको छ ।

फुटबलमा गल्ती गरेपछी खेलाडी लाई कार्ड देखाएर सजाय गरिने नियम प्रचलित छ । तर यतिबेला जारी खेलमा यतिबेलाको नेपालको राजनीतिक खेलमा रेफी ( राष्ट्रपति भण्डारी ) ले होइन खेलाडीले कार्ड देखाउन सक्छन । त्यो पनि एलो होइन रेड कार्ड । खेलाडी ( विपक्षी दल हरु ) ले रेफी ( राष्ट्रपति भण्डारी ) लाई रातो कार्ड देखाएर जिम्मेवारी मुक्त गरेर मैदान छाड्न बाध्य पार्न सक्ने सम्भावना छ ।

लेखक : तिमिल्सैना कांग्रेस अछामका सहसचिव एबम प्रबक्ता हुन्