मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनद्धारा कमलबजार पिसिआर प्रयोगशालालाई थप ५ लाख सहयोग

मंगलसेनद्धारा कमलबजार पिसिआर प्रयोगशालालाई थप ५ लाख सहयोग

सुदूर आज

अछाम । जिल्लाको मंगलसेन नगरपालिकाले कमलबजार पिसिआर प्रयोगशालालाई थप ५ लाख सहयोग गरेको छ । नगरपालिकाले ५ लाख रुपयाँको चेक आज कमलबजार पिसिआर प्रयोगशालालाई हस्तान्त्ररण गरेको हो ।

जिल्लामा एक मात्र पिसिआर प्रयोगशालाको नियमित संचालनमा सहयोग पुगोस् भन्ने हेतुले थप पाँच लाख सहयोग गरेका छौँ नगर प्रमुख पदम बहादुर बोहराले भने ।

जिल्लामा कोरोना परिक्षणका लागि कमलबजार पिसिआर प्रयोगशाला मात्रै रहेकाले उक्त प्रयोगशालालाई नियमित संचालनका लागि सहयोग गरिएको नगर प्रमुख बोहराको भनाई छ ।

मंगलसेन नगरपालिकाले यसअघि समेत ५ लाख रुपयाँ आर्थिक सहयोग गरेको थियो ।