मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फरवार्डको कम्बिनेसन मिल्दा लिग जित्यौँ : विकेश कुथु

फरवार्डको कम्बिनेसन मिल्दा लिग जित्यौँ : विकेश कुथु


काठमाडौं- शनिबार सम्पन्न नेपाल सुपर लिगमा काठमाडौं रेजर्सले उपाधि जित्दा कप्तानका हिसाबले गोलकिपर विकेश कुथुले पहिलो पटक लिग जिते। 

उनले यसअघि केही उपाधि जिते पनि कप्तानका रुपमा पहिलोपटक लिग जितेका हुन्। 

उनले फाइनलमा धनगढीलाई शून्यका विरुद्ध एक गोलले हराएपछि भने, ‘पहिलो गोलपछि हामी गोल नखाने रणनीति थियो।

हामीले त्यही भनेका छौं।’ उनले थपे, ‘यो पहिलो जित हो कप्तान भएर जितेको।’ उनले आजको ‘बेस्ट पार्ट’ फरवार्ड रहेको बताएका छन् र त्यो सफल भएको बताए। 

उनले भने, ‘डिफेन्समा पनि राम्रो थियो, गोल खाँदै नखाने भन्ने थियो। त्यसले पाइदा गर्‍यो।’ उनले फरवार्डको तारिफ गरे, ‘फरवार्डका दुवै खेलाडी क्यामरुनका भएकाले उनीहरुको कम्बिनेसन राम्रो थियो। उनीहरुले लिग जिताउन धेरै मेहनत गरेका छन्।’ आजको खेलमा काठमाडौंले अवसर धेरै पाए पनि एकमात्र गोल गर्न सकेको उनले बताए।