मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसरी तानियो रातो मच्छिन्द्रनाथको रथ [फाेटाे फिचर]

यसरी तानियो रातो मच्छिन्द्रनाथको रथ [फाेटाे फिचर]


काठमाडौं– वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ शनिबार तानिएको छ।  हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनअनुसार तानिएको हो। पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पुर्‍याएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए।

यसअघि सांकेतिक रुपमा रथ बिहानको नित्य पूजापछि हल्लाइएको थियो। ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रयोग गरी सामाजिक दूरी कायम गराएर केही पर रथ तानिएको थियो।  कोरोना महामारीका कारण मच्छिन्द्रनाथको रथयात्राकाे विधि मात्र पुर्‍याइएकाे हो। 

गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ ६ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो।