मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी सुरत भुलले गरे बयालपाटा अस्पताललाई ५१ हजार बढी सहयोग

समाजसेवी सुरत भुलले गरे बयालपाटा अस्पताललाई ५१ हजार बढी सहयोग


अछाम । समाजसेवी सुरत भुलले न्याय हेल्थ नेपाल बयालपाटा अस्पताललाई ५१ हजार ५ सय ५५ रुपयाँ आर्थिक सहयोग गरेका छन् ।

साँफेबगर नगरपालिका घर भएका समाजसेवी भुलले बयालपाटा अस्पतालले बिरामीको दोश्रो जीवन दिने काम गरेको भन्दै आफुले सहयोग गरेको उनले बताए ।

यस्तो कोरोनाको कहरमा अस्पतालले निशुलक रुपमा जनताको सेवा दिनुका साथै कोरोनाका बिरामीको पनि उपचार गरिरहेको भन्दै आफुले सहयोग गरेको उनको भनाइ छ ।

नगरपालिका वडा नं. २ निवासी भुल बैद्यनाथ क्षेत्र विकास संस्थाका सदस्य हुन् ।

यस्तो प्रकारको सहयोगले अस्पताललाई थप सेवा दिन र दिर्घकालिन रुपमा सेवा कायम गर्न मदत पुग्ने अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकले बताए ।

महामारीको बेला अस्पतालले श्रोत साधनले भ्याएसम्म सेवा प्रवाह गरिरहेको उनको भनाई थियो ।