मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘संसदमा विश्वासकाे मत लिन नसकेका ओली नै फेरि प्रधानमन्त्री बन्नुले धेरै आशङ्का उब्जिएकाे छ’

‘संसदमा विश्वासकाे मत लिन नसकेका ओली नै फेरि प्रधानमन्त्री बन्नुले धेरै आशङ्का उब्जिएकाे छ’


काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशकाे राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा विश्वासको मत लिन नसक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कैयाैँ संशय उब्जाएको उनले बताए ।

शुक्रवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोस्राे डोज लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पाैडेलले देशकाे राजनीति रहस्यमय बाटोमा अघि बढेको र सयाैँ संशय उब्जाएको बताए ।

नेता पाैडेललेभने, ‘झन् रहस्यमय बाटोतिर जाँदै छ । धेरै संशयका कुराहरू छन् । पहिलो कुरो त संसद्लाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसद्ले पूरा आयु बाँच्न पाउँछ कि पाउँदैन । संविधानले बाँच्न पाउँछ कि पाउँदैन । नागरिकले बाँच्न पाउँछ कि पाउँदैन । यस्तो कोरोना छ । यो कोरोनाको बीचमा लगेर फेरि तमासा हुन थाल्यो भने फेरि नागरिक नै बाँच्ने कुरा आउँछ । त्यसकारण नागरिक बाँच्ने कुराको पनि चिन्ता छ ।’ 

गएको सोमवार प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि हिजो बेलुकी ९ बजेसम्मको समय दिएकि थिइन । तीन दिनको समयावधिमा बहुमतीय सरकार बनाउने प्रस्ताव नआएपछि राष्ट्रपति भण्डारीले संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।