मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईतिहासले दिएको जिम्मेवारी पुरागर्ने अभिभारा हामी सबैको काँधमा आएको छ : नगर प्रमुख कुवँर

ईतिहासले दिएको जिम्मेवारी पुरागर्ने अभिभारा हामी सबैको काँधमा आएको छ : नगर प्रमुख कुवँर

"साफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई थप ३ थान अक्सिजन कन्सनटेटर उपलब्ध"


साफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई थप ३ थान अक्सिजन कन्सनटेटर हस्तान्तरण

अछाम । जिल्लाको साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई थप ३ थान अक्सिजन कन्सनटेटर उपलब्ध गराएको छ । ५ थान अक्सिजन कन्सनटेटर अस्पताललाई प्रदान गर्ने योजना अनरुप आज थप ३ थान उपकरण हस्तान्त्ररण गरिएको नगर प्रमुख कुल बहादुर कुवँरले बताए ।

आफै अस्पताल पुगेर नगर प्रमुख कुवँरले मेडिकल निर्देशक डा. मन्दीप पाठकलाई हस्तान्त्ररण गरेका थिए । यसअघि नगरले खरिद गरेका २ थान अक्सिजन कन्सनटेटर अस्पताललाई प्रदान गरिसकिएको उनले बताए ।

अस्पताललाई थप आवश्यक अन्य उपकरणका लागि समेत समन्वय भईरहेको नगर प्रमुख कुवँरको भनाई छ । कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने अक्सिजन लगायतका अन्य उपकरणका लागि बिभिन्न दातृ निकाय संग आफुले पहल गरिरहेको उनले जानकारी दिए ।

अहिलेको परिस्थिती एकदमै जटिल छ नगर प्रमुख कुवँरले भने यस अवस्थामा सबै क्षेत्र जिम्मेवार भएर कोरोनाको रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बताए । स्वास्थ्यकर्मी संगै आफु पनि संगसंगै क्रियाशिल भएको भन्दै नगर प्रमुख कुँवरले भने ईतिहासले दिएको जिम्मेवारी पुरा गर्ने अभिभारा यतिबेला हामी सबैको काँधमा आएको छ ।

संक्रमितहरुको ज्यान जोगाउन जसरी स्वास्थ्यकर्मी क्रियाशिल छन् त्यसरी नै अरु सबैले पनि सहयोग गर्नुपर्ने उनको भनाई थियो । साथै उनले अस्पतालमा भर्ना भएका संक्रमितहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।

कोरोना कहरमा साँफेबगर नगरपालिका स्वास्थ्य संस्थाको सारथी बनेर काम गरिरहेको छ । कोरोना नियन्त्रणमा सक्रिय रहेको बयालपाटा अस्पताललाई आर्थिक देखि अन्य उपकरण उपलब्ध गराएर सहयोग गरिरहेको छ ।