मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ब्लड बैँक नहुदाँ रगत अभाव कायमै, रक्तदानमा दारी ग्याङ अछाम सक्रिय

अछाममा ब्लड बैँक नहुदाँ रगत अभाव कायमै, रक्तदानमा दारी ग्याङ अछाम सक्रिय

"अछाममा तत्काल कसैलाई रगत चाहियो, पहिलो सम्झीने नाम हो ‘दाह्री ग्यांग’"


“अछाममा तत्काल कसैलाई रगत चाहियो, पहिलो सम्झीने नाम हो ‘दारी ग्याङ, ग्यांङ पहलमा भएको रक्तदानबाट एक महिलालको सफल शल्यक्रिया”


अछाम ।
अछाम जिल्लमा ब्लड बैँक नहुदाँ जहिले बिरामीलाई रगतको अभाव भईरहन्छ । ब्लड बैँकको लागि हाल सम्म कुनै पहल हुन सकेको छैन् । रगतको अभावमा बिरामी उपचारको पर्खाईमा छट्पटाईरहेका हुन्छन् । रगत अभावमा कतियपयको शल्यक्रिया समेत रोकिने गरेको छ । शल्यक्रिया गर्न बिरामीलाई आवश्यक मात्रामा रगत चाहिन्छ तर प्रयाप्त रगत नभए अप्रेसन हुन सक्दैन् बयालपाटा असपतालका मेडिकल निर्देशक डा. मन्दिप पाठकले भने ।

ब्लड बैँक नहुदाँ बिरामीका आफन्त नेपाल आर्मी, प्रहरी र ससस्त्रलाई हार गुहार गर्ने गर्दछन् । तर अहिले कोरोना कहरमा सहजै बिरामीले रगत पाउन मुस्किल जस्तै छ । अछाम जिल्लामा भने पछिल्लो समयमा रक्तदान अभियानमा दारी ग्याङ सक्रिय रहेको छ । सामान्य अवस्थामा पनि जिल्लामा कसैलाई रगत आवश्यक परे दारी ग्याङले सहयोग गरिरहेको छ ।

जिल्लाका बयालपाटा अस्पताल र जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई रगत चाहिएमा पहिलो सम्झीने नाम बनेको छ दारी ग्याङ । कसैलाई रगत आवश्यक परे पहिलो फोन दारी ग्याङ र त्यसका संयोजक उमेश कुवँरलाई जान्छ । दारी ग्याङले पनि तुरुन्तै सामाजिक संजाल मार्फत रक्तदानका लागि सहयोग माग्छ, दारी ग्याङका जिल्ला संयोजक उमेश कुवँरले भने हामी हाम्रै समुहमा ग्रपु मिले आफै रक्तदान गर्छौ यदि मिलेन भने सामाजिक संजाल मार्फत भएपनि रक्तदान मान्छेको खोजी गरी रक्तादान गरिरहेका छौँ ।

जिल्लामा रक्तदानका क्षेत्रमा क्रियाशिल हुनुपर्ने रेडक्रसले भने ब्लड ब्याग उपलब्ध गराउन बाहेक रक्तदानका लागि खास्सै पहल गरेको देखिदैँन । कुनैबेला समयमै ब्लड ब्याग पनि उपलब्ध हुदैँन । ब्लड ब्इाग नुहदाँ पनि विभिन्न समुहले आयोजन ागर्ने रक्तदान कार्यक्रम पर सार्नुपर्ने स्थिती अछाम जिल्लामा बिद्यमान छ ।

रगतकै क्षेत्रमा काम गर्ने जिल्ला रेकक्रसलाई रगतका लागि जानु पर्ने फोन अचेल दारी ग्याङ र त्यसका संयोजक उमेश कुँवरलाई जान्छ । सहयोगी मन भएका रक्तदाताहरु १ कल फोनमा भरमा रगत दिन बयालपाटा अस्पताल र जिल्ला अस्पताल पुग्दा खुशी मिल्ने गरेको संयोजक कुवँरले बताए । संयोजक कुवँर रगतदान गर्ने रक्तादाताहरुलाई आफ्नै खर्चमा मिनरल वाटर र जुस समेत उपलब्ध गराउछन् । ग्यांङ अछाम रक्तदान संगै जिल्लामा अन्य सामाजिक कार्यमा समेत क्रियाशिल रहेको छ ।

यसै क्रममा बिहिबार बयालपाटा अस्पतालमा भर्ना भएका एकजना बिरामीलाई ४ प्वाईट रगत आवश्यक थियो । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ७ का गिता कुमाललाई बि पोजेटिभ रगत आवश्यक भएका बेला दारी ग्याङको पहलमा रक्तदान भएको छ ।

कुमालको अत्याधिक रक्तश्राबका कारण रगत अभाव थियो बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकले भने उनलाई ४ प्वाईण्ट रगत आवश्यक थियो । हामी संग रगतका लागि दारी ग्याङलाई गुहार गर्नुको बिकल्प थिएन डा. पाठकले भने दारी ग्याङको सहयोगमा रगत जम्मा भएपछि अब उनको सहजै शल्यक्रिया भएको छ ।

कुमालको पाठ्यघर फुटेर भ्रुण पाठ्यघर बाहिर बसेको थियो बयालपाटा असपतालका डा. दिल शाही रोक्काले भने उनलाई रगत दिएर हामीले सफल अप्रेसन गरेका छौँ । अहिले बिरामीको अवस्था सामान्य रहेको र उनलाई पछि कुनै समस्या नआवस भने डडेलधुरा रेफर गरिएको उनले बताए ।

धेरैजसो अवस्थामा बयालपाटा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले पनि बिरामीको लागि रक्तदान गर्ने गरेका उनले बताए । यस्तै जिल्ला अस्पतालमा पनि कर्मचारी र स्वास्थ्यकर्मीले पनि आवश्यक परे रक्तदान गरिरहेका छन् ।

दारी ग्याङका संयोजक कुवँरका अनुसार दोस्रो चरणको कोरोना महामारीका बेला मात्रै करिव १० प्वाईट भन्दा बढी रगतदान गरिसकिएको छ । कोरोना महामारी त छदैछ तर अन्य समयमा समेत रगतको अभाव जिल्लामा भईरहने हुनाले दाह्री ग्याङ अछामले आपतकालीन अवस्थामा बिरामीको लागि ठुलो सहयोग गर्ने गरेको अस्पतालका मेडिकल निर्देशक डा. पाठकले बताए ।

बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापना हुन सके रगत अभावमा कसैले पनि ज्यान गुमाउनु पर्ने अवस्था नआउने उनको भनाई छ । त्यसका लागि जिल्लाका सबै सरोकारवालाहरुले पहल गर्नुपर्नेमा उनको जोड छ ।

जिल्ला रेडक्रस अछाममा भने अहिलेको अवस्थामा १ प्वाईट पनि रगत स्टक रेडक्रस अछामका खेम प्रशाद भट्टराईले बताए । शिबिर चलाएर पनि रगत जम्मा गर्न त सकिन्छ तर जिल्लामा ब्लड बैँक नहुदाँ जम्मा गरेको रगत पनि खेर जाने भएकोले त्यसो गर्न नसकिएको उनको भनाई छ । जम्मा भएको रगत पनि स्टोरेज गर्न धनगढी पठाउनु पर्छ, त्यसकारण शिबिर सञ्चालन नभएको भट्टराईले बताए ।