मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झाँक्री भन्छिन्– ओलीसँग आत्मसमर्पण गर्नु हुँदैन

झाँक्री भन्छिन्– ओलीसँग आत्मसमर्पण गर्नु हुँदैन


काठमाडौं– नेकपा (एमाले) माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा नपर्न आफ्नो गुटका नेतालाई सुझाव दिएकी छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता जारी रहेका बेला झाँक्रीको यस्तो प्रतिक्रिया आएको हो। 

आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारामा सबै भइरहेको उनले उल्लेख गरेकी छन्। ट्विट गर्दै झाँक्रीले जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरुसँग एकमात्र विकल्प विद्रोह भएको भन्दै आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्ने भएकाले सचेत बन्न आग्रह गरेकी छन्