मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिले विपक्षी दललाई नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै

राष्ट्रपतिले विपक्षी दललाई नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि तीनदिनको समय दिएकी थिइन् । 

आजसम्म विपक्षी दलले बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्रीको नाम पेस गर्न नसके संसदमा सबैभन्दा धेरै सांसद रहेको दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने छ । संसदमा अहिले सबैभन्दा ठूलो दल एमाले हो । र त्यसको संसदीय दलका नेता केपी शर्मा ओली नै हुन् ।

त्यसैले ओलीलाई पुनः प्रधानमन्त्री हुनबाट रोक्ने एमालेका माधव नेपाल र झलनाथ खनाल समूहले सांसदपदबाट राजीनामा दिने संकेत गरेका छन् । नेता भीम रावल र घनश्याम भुसालले यसको संकेत गरिसकेका छन् । 

बहुमतको सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरे पनि संसदका बहुमत सदस्य हालसम्म उनले आफ्नो पक्षमा जुटाउन सकेका छैनन् ।