मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना रोकथाम र नियन्त्रणमा बान्नीगढी जयगढ गाँउपालिका सक्रिय

कोरोना रोकथाम र नियन्त्रणमा बान्नीगढी जयगढ गाँउपालिका सक्रिय

बिरामीलाई रेफर गर्नु परेमा एम्बुलेन्स संगै गाडी पनि तयारी अवस्थामा


बिरामीलाई रेफर गर्नु परेमा एम्बुलेन्स संगै निशुल्क गाडी पनि तयारी अवस्थामा

अछाम । जिल्लाको बान्नीगढी जयगढ गाँउपालिका कोरोना रोकथाम र नियन्त्रणमा सक्रिय रहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि एण्टीजेन परिक्षणको दायरा बढाएको पालिकाले जनाएको छ ।

गाँउपालिकाले हरेक वडामा एक चरणको एण्टीजेन परिक्षण गरिसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले भने थप एण्टीजेन खरिद गरेर दोश्रो चरणमा फेरी परिक्षण गर्नेछौँ ।

गाँउपालिकाले पिसिआर परिक्षणका लागि समुदायम स्तरमै गएर नागरिकको सहजताका लागि स्वाब संकलन गर्न एकजना ल्याब असिष्टेण्ट पनि नियुक्त गरेको अधिकृत जोशीले बताए ।

गाँउपालिकाले ५ बेडको कोरोना अस्पताल पनि संचालनमा ल्याएको उनले बताए । कोरोना संक्रमितको उपचारका लागि पालिकाको पहलमा २ जना स्टाफ सहितको ५ बेडको अस्पताल निर्माण गरिएको अध्यक्ष राजेन्द्र खड्काले बताए । अस्पतालको लागि पालिकाले मेडिकल अधिकृतको विज्ञापन आव्हान गरे पनि पद पूर्तीका लागि आवेदन नपरेको उनको भनाई छ ।

गाँउपालिकाले थप उपचारका लागि अन्यन्त्र लैजानु पर्ने बिरामीको लागि एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका छौँ अध्यक्ष खड्काले भने एम्बुलेन्स नभएको बेला गाडी आवश्यक पर्ने कुरालाई मध्यानजर गर्दै अर्को गाडी पनि भाडामा लिएर तैनाथ अवस्थामा राखेका छौँ ।

पालिकाले अहिलेको सयमलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी लाई पनि तैनाथ अवस्थामा रोखेको र आवश्यक परे हरेक वडामा खटाईने अध्यक्ष खड्काले बताए । हाल कोरोनाको संक्रमण फैलिन नदिन जनचेतनामुलक र रोकथामका लागि सन्देश दिने काम भईरहेको उनले बताए ।

यस्तै पालिकाको आर्थिक सहयोगमा जिल्ला आयूबेर्दिक कार्यालय अछाम संग समन्वय गरेर कोरोना संक्रमितहरुको लागि शक्तिबर्दक र रोग प्रतिरोधात्मक औषधी पनि निशुल्क रुपमा बितरण गरिरहेको पालिकाले जनाएको छ ।