मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई २ थान अक्सिजन कन्सन्टेटर हस्तान्त्ररण

साँफेबगर नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई २ थान अक्सिजन कन्सन्टेटर हस्तान्त्ररण


अछाम । कोरोना रोकथाम र नियन्त्रणमा जिल्लाको साँफेबगर नगरपालिका सक्रिय रहेको छ । सोही अन्र्तगत नगरपालिकाले आज बयालपाटा अस्पताललाई २ थान अक्सिजन कन्सन्टेटर उपलब्ध गराएको हो ।

नगर आफैले खरिद गरेका उक्त उपकरण नगर प्रमुख कुल बहादुर कुवँरले बयालपाटा अस्पताललाई हस्तान्त्ररण गरेका थिए । अस्पतालले कोभिड १९ का बिरामीको उपचार गरिरहेकाले नगरले उक्त कार्यमा सहयोग गरिरहेको नगर प्रमुख कुवँरले बताए ।

नगरपालिकाले यसअघि ८ थान प्लस अक्सिमिटर र ५ थान नेबुलाईजर मेसिन पनि अस्पतालाई प्रदान गरेको थियो । अस्पताल कोरोना रोकथाम र नियन्त्रणका लागि सक्रिय रहेको भन्दै नगरले पनि उक्त कार्यमा सहयोग गरिरहेको नगर प्रमुख कुवँरको भनाई छ ।

अस्पतालले हाल थप आईश्वलेशन बेड पनि निर्माण गर्न लागेकाले उक्त कार्यमा पनि नगरको सहयोग रहेको उनले बताए । अहिलेको अवस्थामा सबै क्षेत्रबाट स्वास्थ्य संस्थालाई सहयोग हुनुपर्ने उनको भनाई थियो ।

यो पनि पढ्नुहोस्