मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैजनी सौन्दर्यमा काठमाडौं [फाेटाे फिचर]

बैजनी सौन्दर्यमा काठमाडौं [फाेटाे फिचर]

सुदूर आज

दिनेश श्रेष्ठ

काठमाडाैं – ज्याकारान्डाले ढकमक्क छन् काठमाडौंका सडक। घन्टाघर, सहिदगेट, सिंहदरबारलगायत स्थानमा पुग्दा मनले बेग्लै आनन्द प्राप्त गर्छ। सधैँ सयौं सवारीसाधन गुडिरहने सडकको किनारमा झपक्क फुलेका ज्याकारान्डाले जो कोहीको मन तान्छ।

वसन्ती बहारमा बैजनी सौन्दर्य पस्किरहेको छ ज्याकारान्डाले। त्यसको हाँगाहाँगामा चिरबिर-चिरबिर गर्दै फुत्त-फुत्त उड्ने चराहरूको चिरबिरले झनै वसन्ती वहारमा संगीत थपिदिए झैँ लाग्छ।

कोरोनाको दोस्रो लहरसँगै काठमाडौंमा निषेध आदेश जारी छ। यो बेला सडकमा धेरै सवारी गुड्न पाएका छैनन्। सडक किनारामा रहेका ज्याकारान्डा धुलाम्य हुन परेको छैन, जसले गर्दा झनै खुलेको छ उनीहरूको सुन्दरता। र, बेला-बेला परिरहेको झरीले झनै मोहक बनाइदिएको छ ज्याकारान्डालाई।

कंक्रिटैकंक्रिटका घर मात्रै देखिने काठमाडौंका सडक किनारामा फुलिरहेका ज्याकारान्डाले वसन्ती वहारको उन्माद दिइरहेको छ। – नेपालसमय