मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणेशजंग रावलको लघु चलचित्र संशय सार्वजनिक (भिडियो सहित)

गणेशजंग रावलको लघु चलचित्र संशय सार्वजनिक (भिडियो सहित)


अछाम । अछामको वलिगाँउ घर भएका निर्माता तथा निर्देशक गणेशजंग रावललको लघु चलचित्र संशय सार्वजनिक भएको छ । अछाम भएका समस्याको परिबेश समेटेर तयार पारिएको चलचित्र भेडापानी युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

रावलले आफुले अध्ययन गर्ने कलेजको प्रोजेक्टमा अछामको बिषयबस्तु समेटेर लघु चलचित्र तयार पारेका हुन् ।

किपालय उत्पादक र भेडापानी ईन्टरटेन्मेण्टको प्रस्तुतीका रुपमा सार्वजनिक भएको संशयमा रावलकै कथा तथा निर्देशन छ ।

अछामको कालीमाटीमा छायांकन भएको चलचित्रमा मुख्य पात्रका रुमा भिष्म जोशी र शुसिला खड्का रहेका छन् । रावल र नव विजय श्रेष्ठले निर्माण गरेको संशय विभिन्न चलचित्र महोत्सवमा छनोट भएको थियो ।

कथामा एड्सको बिषय बस्तुलाई दर्शाईएको छ । बर्सौ पछि बम्बैबाट काम गरेर घर आएको श्रीमानलाई एड्स लागेको संका लागेपनि श्रीमान स्वीकार गर्न तयार नभएपछि रमिला र उसको श्रीमान बीच द्वन्द श्रीजना हुन्छ । रमिलालाई आफ्नो श्रीमानलाई एड्स लागेको हो होईन भनेर पुष्टी गर्न अस्पताल जान मनाउनु छ यस्तै कथा समेटर चलचित्र निर्माण गरिएको छ ।

पुरा भिडियो हेर्नुस् ।