मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

सुदूर आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओली विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिँदा उनको पक्षमा बहुमत सांसद उभिए ओलीले प्रधानमन्त्रीमा निरन्तरता पाउँछन् । तर, उनको पक्षमा बहुमत सांसदले भोट गरेनन् भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ । यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । र, राष्ट्रपतिको कार्यालयले समयसीमा तोकेर संसदलाई नयाँ सरकार गठनका लागि आग्रह गर्ने छ । 

विश्वासको मत माग्नुअघि सहमति नभए खनाल–नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने बताएको छ । यदि खनाल–नेपाल समूहले राजीनामा दिएको अवस्थामा भने प्रधानमन्त्री ओलीलाई संसदमा बहुमत पुग्ने छैन ।