मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना रोकथाम र नियन्त्रणका लागि अस्पताललाई सहयोग गर्न प्रतिबद्ध छौँ : नगर प्रमुख कुवँर

कोरोना रोकथाम र नियन्त्रणका लागि अस्पताललाई सहयोग गर्न प्रतिबद्ध छौँ : नगर प्रमुख कुवँर


अस्पतालले पनि थेग्न सक्ने अवस्था छैन्, सुरक्षित घरमै बसौँ

अछाम । जिल्लाको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँरले कोरोना रोकथाम र नियन्त्रणमा बयालपाटा अस्पताल सक्रिय रहेकाले नगरपालिकाले आर्थिक सहयोग गर्ने बताएका छन् ।

जिल्लामा कोरोना संक्रमितको दर बढेसंगै अस्पतालले थप आईश्लेसन बेड बनाउन लागेको भन्दै उक्त कामका लागि आर्थिक सहयोग नगरपालिकाले गर्ने नगरप्रमुख कुवँरले बताए ।

पहिलो चरणमा पनि हामीले नगरकै सहयोगमा बयालपाटा अस्पतालमा आईश्लेसन बेड बनाएका थियौँ, नगर प्रमुख कुँवरले भने अहिलेको परिस्थितीलाई मध्यनजगर गर्दै बेड थपका लागि सहयोग गर्न नगर प्रतिबद्ध छ ।

सुदूरआज संग संक्षिप्त कुरा गर्दै नगर प्रमुख कुवँरले आईश्वलेसन स्थापना बाहेकको नगरले घोषणा गरेको ७० लाख आर्थिक सहयोग पनि बयालपाटालाई हस्तान्त्ररण गरिसकेको बताए । साथै उनले कमलबजारमा स्थापना भएको पिसिआर प्रयोगशालाई पनि नगरले ५ लाख सहयोग गरेको र थप रकम पनि सहयोग गर्न सकिने बताए ।

अस्पतालको लागि आवश्यक पर्ने अन्य उपकरण सहित कोरोना भाईरस कोभिड १९ को रोकथाम र नियन्त्रणमा नगरपालिका सधैँ अस्पतालको साथमा रहेको उनले उल्लेख गरे ।

सोही अन्र्तगत आज ५ थान नेबुलाईजर मेसिन र ५ थान पल्स अक्मिटर नगर प्रमुख कुवँरले आफै अस्पताल पुगेर अस्पतालका मेडिकल निर्देशक डा. मन्दिप पाठकलाई हस्तान्त्ररण गरेका थिए भने अक्सिजन कन्सन्टेटर केही दिनमा आईपुग्ने जानकारी दिए । साथै उनले स्थलगत अवलोकन गर्दे आईश्वलेसनमा रहेका बिरामीको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिएका छन् ।

जिल्लामा दुई अस्पताल कोरोना संक्रमितको उपचारमा रहेका र जटिल खालको बिरामीलाई रेफर गर्नु परेमा नगरपालिकामा रहेका २ एम्बुलेन्सको व्यावस्थापन गरी पठाउन सकिने उनको भनाई छ ।

बयालपाटा र जिल्ला अस्पतालका आईश्वलेसनमा बिरामी थपिएका छन् अस्पतालले पनि थेग्न सक्ने अवस्था छैन् उनले भने यस परिस्थितीमा साबधानी अपनाएर भरसक घरमै सुरक्षित बस्नु नै उत्तम विकल्प हो ।

नगरले स्वाब संकलनमा तिव्रता दिएपनि अस्पतालका बेडहरु खालि नभएको परिस्थितीलाई मध्यनजर गर्दे सबैले स्वास्थ्यका सबै मापदण्ड पूणरुपले पालना गर्न नगर प्रमुख कुवँरको आग्रह छ ।