मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईश्वलेसनका लागि भवन आवश्यक परे कांग्रेस आफ्नो भवन दिन तयार छ : सभापती स्वाँर

आईश्वलेसनका लागि भवन आवश्यक परे कांग्रेस आफ्नो भवन दिन तयार छ : सभापती स्वाँर

जनप्रतिनिधीले प्रयोग गर्ने गाडी आवयश्क परे बिरामीलाई दिन सभापति स्वाँरको आग्रह


जनप्रतिनिधीले प्रयोग गर्ने गाडी आवयश्क परे बिरामीलाई दिन सभापति स्वाँरको आग्रह

अछाम । नेपाली कांग्रेस अछामले सदरमुकाम मंगलसेनमा रहेको बिपी स्मृती भवनलाई आईश्वलेसनका रुपमा प्रयोग गर्न सकिने जनाएको छ । नेपाली कांग्रेस अछामले पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आईरहेको भवनलाई आईश्वलेसन बनाउन सकिने जनाएको हो ।

अछाममा अस्पतालहरुलाई आईश्वलेसनका लागि भवन आवश्यक परेमा पार्टीले प्रयोग गर्दै आईरहेको भवनलाई जतिसुकै बेला पनि दिने सकिने सभापती भरत कुमार स्वाँरले बताए ।

अछाम जिल्लामा संक्रमणदर दिनदिनै बढीरहेका बेला उपचारका लागि आईश्वलेशन आवश्यक भएमा कांग्रेस अछाम आफ्नो भवन दिन तयार रहेको सभापती स्वाँरको भनाई छ ।

कांग्रेस अछाम ‘जिल्लामा कोरानाको रोकथाम र नियन्त्रणका लागि सहयोग गर्न जहिल्यै तयार छ, ‘सभापती स्वाँरले भने सबै मिलेर कोरोना नियन्त्रणमा लागौँ ।’

यतिबेला दोश्रो भेरियण्टको कोरोना भाईरसले संक्रमितहरुमा समेत जटिल खालका लक्षण देखिएकाले उनिहरुको स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्न आईश्वलेसन आवश्यक भए अस्पताल नजिक पायक पर्ने पार्टीको भवन दिन सकिने सभापति स्वाँरले बताए ।

सुदूरआजसंग कुरा गर्दै उनले निषेधाज्ञाको पूर्णरुपमा पालना गर्दै सबै जिल्लाबासीलाई घरमै बस्न आग्रह गरेका छन् । घर बाहिर निस्कनै पर्ने अत्यावश्यक काम परेमा स्वास्थ्यका सबै मापदण्ड पालना गरेर मात्र निस्कन सभापती स्वाँरले आग्रह गरेका छन् ।

खानपिनमा जोड दिन, मास्कको प्रयोग गर्न सरसफाईमा समेत बिषेश ख्याल गर्न जिल्लाबासीलाई सल्लाह दिदैँ सभापति स्वाँरले संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

जनप्रतिनिधीले प्रयोग गर्ने गाडी आवयश्क परे बिरामीलाई दिन सभापति स्वाँरको आग्रह

साथै उनले स्थानिय तहका प्रमुखउपप्रमुखलाई आफुले प्रयोग गर्ने गाडी बिरामीको उपचारमा प्रयोग गर्न समेत आग्रह गरेका छन् ।

यतिबेला जिल्लामा कोरोनाका संक्रमित बढेको भन्दै बिरामीलाई उपचारका लागि अन्यन्त्र लैजान आवश्यक परे आफुले प्रयोग गर्ने गाडी दिन सभापति स्वारले आग्रह गरेका हुन् ।

जिल्लमा एम्बुलेन्सको कमी भएको अवस्थामा जनप्रतिनिधीले आफुले प्रयोग गर्ने गाडी बिरामीको लागि दिनुपर्ने सभापती स्वाँरको तर्क छ ।