मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको संक्रमण फैलिन नदिन गाँउपालिकाले सक्दो प्रयास गरिरहेको छ : अध्यक्ष शर्मा

कोरोनाको संक्रमण फैलिन नदिन गाँउपालिकाले सक्दो प्रयास गरिरहेको छ : अध्यक्ष शर्मा


अछाम । जिल्लाको तुर्माखाँद गाउपालिकाका अध्यक्ष पुष्पराज शर्माले लापरबाही र हेल्चेक्राईले कोरोना संक्रमण बढी हुने सक्ने भन्दै सचेत गराएका छन् । जनघनत्व कम भएको पालिकामा लापरबाही नगर्ने हो भने कोराना नफैलिने उनले बताएका हुन् ।

हरेक नागरिक सचेत बन्दै स्वास्थ्यका सबै मापदण्डहरु पूर्ण रुपले पालाना गर्नुपर्नेमा उनको जोड छ । सुदूरआज संग कुरा गर्दै अध्यक्ष शर्माले सबैले भोतिक दुरी कायम गर्र्नुपर्र्ने, मास्कको नियमित प्रयोग र सरसफाईमा बिशेष ध्यान दिन आग्रह गरेका छन् ।

बढी प्रभावित क्षेत्रबाट गाँउ फर्केकाहरुले केही सुरक्षित घरमै बस्नुपर्ने उनको सल्लाह छ । गाँउपालिकाको पहलमा हाल जनचेनताका लागि माईकिंग गर्ने काम हुनुका साथै स्वास्थ्यको टिम समेत परिचालन गरिएको उनले बताए ।

हाल गाँउपालिकामा आउने जाने नागरिकहरुको तथ्यांक राख्ने काम गर्नुका साथै एन्टीजेन परिक्षण गाँउपालिकामै भईरहेको छ भने पिसिआर परिक्षणको लागि स्वाब संकलन गरेर कमलबजार पठाउनुे काम पनि सुरु भएको उनले बताए ।

कोरोना संक्रमण देखिएकाहरुका लागि राख्न आईश्वलेसन तयारी अवस्थामा रहेको भएपनि खानपिनमा जोड दिुनपर्ने भएकाले कतिपय संक्रमितहरु सुरक्षित घरमै बसिरहेका अध्यक्ष शर्माले जानकारी दिए ।

तुर्माखाँद गाँउपालिका र संकट व्यावस्थापन केन्द्रको बैठक गरेर कोरोना संक्रमण फैलिन नदिन पालिकाका बिद्यालय बन्द गरिएको र कार्यालयका कर्मचारीहरुलाई पनि संक्रमण देखिएपछि पालिका बाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि बन्द गरिएको अध्यक्ष शर्माको भनाई छ ।

पालिकामा हाल कोरोनाका १० जना रहेका र १ जनालाई अप्ठेरो भएपछि जिल्ला अस्पताल मंगलसेन पठाईएको उनले बताए । संक्रमितलाई अप्ठेरो भएको खण्डमा रेफर गर्नुपर्ने अवस्था सृजना भए एम्बुलेन्स तयारी अवस्थामा रहेको र थप गाडीको व्यावस्था गरेर पनि उपचारका लागि पठाउन सकिने अध्यक्ष शर्माको भनाई छ ।