मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वका साढे १५ करोड मानिस भोकमरीको चपेटामा

विश्वका साढे १५ करोड मानिस भोकमरीको चपेटामा


वासिङ्टन । गत वर्ष विश्वमा १५ करोड भन्दा धेरै मानिसले भोकमरीको समना गरेका संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ ।

राष्ट्रसंघको १६ संगठनले तयार गरेका यो प्रतिवेदन अनुसार सन् २०२० मा विश्वका करिब १५ करोड ५० लाख मानिस चरम भोकमरीको सामना गरेका थिए ।

तिमध्ये करिब डेढ लाख जटिल अवस्थामा थिए । समयमा खानाको व्यवस्था नभएको भए उनीहरूको ज्यानै जानसक्ने प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदन विश्वको ९७ प्रतिशत जनसंख्या भएका ५५ राष्ट्रको अवस्थाका आधारमा तयार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यति ठूलो संख्यामा मानिसहरू भोकमरीमा पर्नुको मुख्य कारण कोरोना भाइरसको महामारीलाई मानिएको छ । सन् २०१९ मा विश्वका करिब १३ करोड मानिस भोकमरीको समस्यामा थिए । Rohto Landing Agani Group “विश्वमा अधिक खाद्य असुरक्षा सामना गरिरहेका मानिसको संख्या तीव्र रूपमा बढिहेको छ ।

त्यसमा यस्ता व्यक्तिको संख्या धेरै छ जसलाई तत्काल भोजन, पोषण र गुजाराका लागि आर्थिक सहायताको खाँचो छ,” राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले प्रतिवेदन सार्वजनिक गर्दै भने । २१ औँ शताब्दीमा अनिकाल र भोकमरीलाई कुनै स्थान नभएको भन्दै गुटेरसले यसको समाधानका लागि संघर्ष गर्नुपर्ने बताए ।

भोकमरीको सामना गरिरहेका दुई तिहाई मानिस १० देशहरुमा मात्र छन् । यसमा यमन, सिरिया, सुडान, दक्षिण सुडान, बुर्किना फासो, कंगो, अफगानिस्तान, नाइजेरिया, इथोपिया र जिम्बाबे रहेका छन् ।