मुख्य समाचार

सबै सांसद्को पीसीआर परीक्षण गरिने

काठमाडौं – संघीय संसद्का सबै सांसद्को पीसीआर परीक्षण हुने भएको छ। यहि वैशाख २२ र २३ गते संसद् भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म पीसीआर परीक्षण हुने संसद् सचिवालयले जनाएको छ।

सचिवालयका कर्मचारी, आईसीसीका कर्मचारी, मर्यादापालकलगायतको पनि कोरोना परीक्षण हुने छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसद् आह्वान गरेसँगै सांसद्हरूको पीसीआर परीक्षण गरिने भएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

फरवार्डको कम्बिनेसन मिल्दा लिग जित्यौँ : विकेश कुथु
यसरी तानियो रातो मच्छिन्द्रनाथको रथ [फाेटाे फिचर]
‘सास माग्दामाग्दै अस्ताइजान्छन् कलकलाउँदा नौजवान’
कोरोनाबाट कुन उमेरका कति जनाको मृत्यु?