मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को हुन् मेलिन्डा जसले संसारकै धनी बिल गेट्ससँग सम्बन्ध तोडिन्?

को हुन् मेलिन्डा जसले संसारकै धनी बिल गेट्ससँग सम्बन्ध तोडिन्?


बिल र मेलिन्डाको भेट १९८० दशकको अन्तिमतिर भएको थियो, जब मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा काम सुरु गरेकी थिइन्।

काठमाडौं – एकताका विश्वकै धनी र अहिले चौथो नम्बरमा रहेका माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले पत्नी मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद  गरेका छन्।

बिल गेट्सले सामाजिक सञ्जालमार्फत्  निजी पारिवारिक मामिलाका कारण पत्नी मेलिन्डासँगको सम्बन्धमा पूर्णविराम लगाएको जानकारी दिएका हुन्।

विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि उनीहरू एक अर्काबाट अलग भएको भए पनि तीन सन्तानका बारेमा भने केही खुलाइएको छैन।

‘हामी एक भई अगाडि बढ्न नसक्ने भएपछि २७ वर्षको सम्बन्धलाई पूर्णविराम लगाएका छौं,  धेरै सोच विचार गरेर मात्रै यो निर्णय लिएका हौं’, बिल गेट्सले ट्वीटरमार्फत् भनेका छन्।

२७ वर्षमा तीन सन्तानको स्याहार सुसार गरेको र  कम्पनीलाई उचाइमा पु¥याएको उनले बताएका छन्। बिल एण्ड मालिन्डा फाउन्डेसनमार्फत् उनीहरू समाजसेवा गर्दै आएका थिए।

‘हामी  जिन्दगीको नयाँ बाटो खोेजिरहेका छौं, हामी र हाम्रो परिवारको गोपनीयता कायम रहोस्,’ उनले भनेका छन्।

सम्बन्धमा विश्वास नरहेको भन्दै बिलले  सम्बन्ध विच्छेदपछि पनि गर्न सक्ने कामलाई निरन्तरता दिने जानकारी दिएका छन्।

यसरी भएको थियो भेट

बिल र मेलिन्डाको भेट १९८० दशकको अन्तिमतिर भएको थियो, जब मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा काम सुरु गरेकी थिइन्।

बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले स्वास्थ्य सेवा र कोभीड–१९ महामारी खोपका लागि अर्बौं रूपैयाँ सहयोग गरेका छन्।

फोर्ब्स म्यागेजिनका अनुसार बिल गेट्ससँग १२४ बिलियन अमेरिकी डलर सम्पत्ति छ। सन् १९७० को  दशकमा बिल गेट्सले कम्प्युटर सफ्टवेयर कम्पनी स्थापना गरेका थिए। गेट्सले कम्पनीलाई विश्वभर परिचित गराउनुका साथै सफ्टवेयरमार्फत् अर्बौं सम्पत्ति जोडेका छन्।

सन् १९८७ मा मेलिन्डाले उत्पादन म्यानेजरका रुपमा जागिर सुरु गरेकी थिइन्। त्यही वर्ष उनीहरू व्यापारको सिलसिलामा न्युयोर्क गएका थिए। यसै व्यापारिक डिनरपछि उनीहरू नजिकिए र एक अर्कालाई ‘डेट’ गर्न थाले।

‘हामी एक अर्कामा समाहित भइसकेका थियौं, हामीसँग दुई विकल्प मात्रै थिए, पहिलो ब्रेकअप र दोस्रो बिहे,’ बिल गेट्सले एक डकुमेन्ट्रीमा भनेको बीबीसीले उल्लेख गरेको छ।

एक अर्काबाट छुट्टिन नसक्ने भएपछि सन् १९९४ मा उनीहरू विवाह बन्धनमा बाँधिएका थिए। 

अनावश्यक आफन्त र साथीभाइ आउन नसकुन् भनेर बिलले हेलिकप्टर बुक गरेर अमेरिकाको हवाई राज्यको टापुमा बिहे गरेका थिए।

समाजसेवालाई समय दिन नसकेको भन्दै गत वर्ष बिल गेट्सले कम्पनीको बोर्डबाट राजीनामासमेत दिएका थिए। – ऐजेन्सी