मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निषेधाज्ञाको समयमा टेलिकमको आकर्षक डाटा सुविधा

निषेधाज्ञाको समयमा टेलिकमको आकर्षक डाटा सुविधा


काठमाडौं । नेपाल टेलिकमले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकलाई विभिन्न आकर्षक डाटा सुविधा उपलब्ध गराइरहेको जनाएको छ । 

प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने अपेक्षा गरिएको टेलिकमले जनाएको छ ।

टेलिकमले २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने गरी वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक ल्याको छ । 

यो प्याक ६४९ रुपैयाँमा उपलब्ध छ । यस्तै ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी प्याकको व्यवस्था गरिएको जनाइएको छ । टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा ९५ रुपैयाँमा उपलब्ध गराइरहेको जनाएको छ ।

३० रुपैयाँमा २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक, २ सय ९९ मा ५०० एमबी पर डे डाटा प्याक ल्याएको टेलिकमले जनाएको छ ।