प्रदेश समाचार

डोटीमा आज रातिबाट निषेध आदेश

डोटी – जिल्लामा कोरोना संक्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेध आदेश लगाउने भएको छ। 

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेध आदेश जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए।

पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङक्रमण बढेसँगै जिल्लामा दिनहुँ संक्रमित बढ्दै जान थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता जिल्लामा १७३ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनाकै कारण दुई जनाको ज्यान गइसकेको छ‍। 

अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

जिल्लामा यहाँका सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ। भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरु सिधैं गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा कोरोना संक्रमणको त्रास फैलिएको स्थानीयवासी बताउँछन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समाजसेवी सुरत भुलले गरे बयालपाटा अस्पताललाई ५१ हजार बढी सहयोग
सुर्खेतमा निषेधाज्ञा १५ दिन थप
कमलबजार नगरपालिकाद्वारा कोरोना संक्रमितहरुलाई पिउने पानी
ईतिहासले दिएको जिम्मेवारी पुरागर्ने अभिभारा हामी सबैको काँधमा आएको छ : नगर प्रमुख कुवँर