मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका धेरै ठाउँको मौसम बद्ली

देशका धेरै ठाउँको मौसम बद्ली


काठमाण्डाै – अहिले प्रदेश-१ र २ का केही ठाउँमा पानी परिरहेको मौमसविद्ले बताएका छन् ।

यी दुई प्रदेशमा बिहानदेखि पानी पर्न सुरु भएको र अहिले बिस्तारै कम हुँदै गएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

अहिले प्रदेश एक र दुईमा पूर्ण र बाँकी प्रदेशका पहाडी भूभागमा मौसम सामान्य बद्ली रहेको र दिउँसो पनि देशका धेरैजसो पहाडी भेगमा पानी पर्न सक्ने मौसमविद् मानन्धरले बताउनुभयो ।

आज राति भने देशभर नै मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । देशमा पश्चिमी न्यूनचापीय प्रणाली, न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले आज र भोलि मौसम पूर्णदेखि आंशिक बद्ली रही देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

पर्सि भने देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा फाट्टफुट्ट र केही ठाउँमा मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।