मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जागौ अनि जगाऔ कोरोना बिरुद्ध युवालाई

जागौ अनि जगाऔ कोरोना बिरुद्ध युवालाई


अमरदीप शर्मा

हात खोली सहयोगी अब बढ्नै पर्छ
चेतनाले मानवता अब पढ्नै पर्छ !

दया भाव धर्म बोक्छ शास्त्र भोगाई नै हो
राम कर्म सरि हजुर सबले लडनै पर्छ !

नबुझेरै करुणालाई आशुझार्नु हुन्न
श्वास सङ्ग युद्द गर्न पहाड चढ्नै पर्छ !

कुलो खन्ने किसान छैन ठेकेदार भयो
लोभ बाड्ने मूर्ख नीति तल झर्नै पर्छ !

चुक्ली गरि बस्ने युवा कानुनकै फन्दामा
ईतिहासको पौरखी काम अब गर्नै पर्छ !

जागौ अनि जगाऔ कोरोना बिरुद्ध युवालाई !