प्रदेश समाचार

२ साताको अवधिमा अछाममा ४ जना संक्रमितको मृत्यु

फाइल फोटो

अछाम । अछाम जिल्लामा २ साताको अवधिमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाको दोश्रो लहरमा जिल्लामा ४ जनाको मृत्यु भएको हो ।

कमलबजारका एक बालिका, साँफेबगरका एक पुरुष, मेल्लेख गाँउपालिकाका एक पुरुष र बान्नीगढी जयगढ गाँउपालिकाका एक पुरुष गरी ४ जनाको मृत्यु भएको हो ।

आज जिल्ला अस्पताल अछाममा उपचार गराईरहेका बान्नीगढी जयगढ गाँउपालिका वडा नं. ६ दर्नाका ५० बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

उनमा श्वासप्रश्वास लगायत स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल मगलसेनमा भर्ना गरिएको थियो । अस्पतालमा भएको एन्टीजेन परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

शनिबार मात्रै मेल्लेख गाँउपालिकाका एक जना पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समाजसेवी सुरत भुलले गरे बयालपाटा अस्पताललाई ५१ हजार बढी सहयोग
सुर्खेतमा निषेधाज्ञा १५ दिन थप
कमलबजार नगरपालिकाद्वारा कोरोना संक्रमितहरुलाई पिउने पानी
ईतिहासले दिएको जिम्मेवारी पुरागर्ने अभिभारा हामी सबैको काँधमा आएको छ : नगर प्रमुख कुवँर