प्रदेश समाचार

कोरोनाका कारण संविधान सभा सदस्य चौधरीको निधन

धनगढी: कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको निधन भएको छ।   

धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। 

कलेजो र मृगौलाको समस्याले ग्रसित उनी शनिबार अस्पताल भर्ना भएकी थिइन्। आज उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएका थियो।

तर एक्कसी स्वास्थ्यमा समस्या आएर दिउँसो रबनीको निधन भएको उनका श्रीमान मोतीलाल चौधरीले बताए। 

जिल्लाको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी २०७० सालको संविधान सभा सदस्य थिइन्। – दिनेशखबर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समाजसेवी सुरत भुलले गरे बयालपाटा अस्पताललाई ५१ हजार बढी सहयोग
सुर्खेतमा निषेधाज्ञा १५ दिन थप
कमलबजार नगरपालिकाद्वारा कोरोना संक्रमितहरुलाई पिउने पानी
ईतिहासले दिएको जिम्मेवारी पुरागर्ने अभिभारा हामी सबैको काँधमा आएको छ : नगर प्रमुख कुवँर