प्रदेश समाचार

अछाममा आज राति १२ बजे देखि निषेधाज्ञा

अछाम : नया भेरियनट सहितको कोरोना भाईरसको संक्रमण देशभर त्रिव गतिमा बढीरहेको भन्दै अछाम जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि आज राती १२ बजे बाट निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

भारत र नेपालका विभिन्न जिल्लामा कोरोनाको संक्रमण दर एकदमै उच्च रहेको भन्दै अछाममा पनि संक्रमण दिनानुदिन बढेको भन्दै सर्तहरु लागु गरेर निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले बताए ।

जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रको सिफारिस तथा जिल्ला सुरक्षा समिती अछामको १६ गते बसेको निर्णय अनुसार जिल्लाभर निषेधाज्ञा लागु गरिएको प्रजिअ मल्लले बताए ।

जिल्लाबासी सबैमा उक्त निर्देशन पालना गर्न आग्रह गरिएको छ भने नियमको उल्ंघन गरे प्रचलित कानुन बमोजिम कारबाही हुने जारी सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समाजसेवी सुरत भुलले गरे बयालपाटा अस्पताललाई ५१ हजार बढी सहयोग
सुर्खेतमा निषेधाज्ञा १५ दिन थप
कमलबजार नगरपालिकाद्वारा कोरोना संक्रमितहरुलाई पिउने पानी
ईतिहासले दिएको जिम्मेवारी पुरागर्ने अभिभारा हामी सबैको काँधमा आएको छ : नगर प्रमुख कुवँर