प्रदेश समाचार

अछाममा थप एक कोरोना संक्रमितको मृत्यु

फाइल फोटो

अछाम : जिल्लामा थप एक कोरोना संक्रमितको ज्यान गएको छ ।

जिल्लाको मेल्लेख गाउँपालीकाका ६० बर्षिय पुरुषको गएराती उपचारको क्रममा जिल्ला अस्पताल मंगलसेनमा मृत्यु भएको स्वास्थ्य कार्यलय अछामका सूचना अधिकार देव जोशिले जानकारी दिए।

स्वासप्रस्वास अत्यधिक समस्या भएपछि उनलाई भेन्टिलेर र आईसीयुमा राखेर उपचार गर्नुपर्ने भएपनि सो सुविधा नहुदा उनको मृत्युु भएको हो।

उनलाई १६ गते बयालपाटा अस्पतालमा एन्टीजेन्ट बिधिबाट परिक्षण गर्दा कोरोना देखिएको थियोे। स्वासप्रस्वासमा समस्या भएपछि उनको कोभिड अस्पताल समेत रहेको जिल्ला अस्पतालमा उपचार भइरहेको थियो ।

अस्पतालमा भेन्टिलेर र आईसीयु जडान गर्नको निम्ति ४ महिना अगाडि नै उपकरण पुगेपनि आवश्यक जनशक्ति नहुदा थन्किएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समाजसेवी सुरत भुलले गरे बयालपाटा अस्पताललाई ५१ हजार बढी सहयोग
सुर्खेतमा निषेधाज्ञा १५ दिन थप
कमलबजार नगरपालिकाद्वारा कोरोना संक्रमितहरुलाई पिउने पानी
ईतिहासले दिएको जिम्मेवारी पुरागर्ने अभिभारा हामी सबैको काँधमा आएको छ : नगर प्रमुख कुवँर