मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेदरल्यान्ड्सलाई हराउँदै नेपाल च्याम्पियन (१५ तस्बिर)

नेदरल्यान्ड्सलाई हराउँदै नेपाल च्याम्पियन (१५ तस्बिर)


काठमाडौं । नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर २ बलमा अलआउट हुनुपूर्व ९६ रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका लागि सेब्सटान ब्राटले सर्वाधिक २६ रन बनाए । म्याक्स ओ’डोडले २०, पिटर सेलरले १३ रन जोडे । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका लागि करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई/दुई तथा अभिनाश बोहोराले एक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेटको क्षतिमा २३८ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रनको योगदान गरे । कुशल मल्ल ५० रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरीले अविजित ४८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल ३३ रन जोडेर आउट भए । आसिफ शेख १६ रन बनाएर पेवेलियन फर्किए ।

थप तस्बिर हेर्नोस्

messenger sharing button
sharethis sharing button