मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले बनायो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा हालसम्मकै उच्च स्कोर

नेपालले बनायो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा हालसम्मकै उच्च स्कोर


काठमाडौं । कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको सहयोगमा नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा हालसम्मकै उच्च स्कोर बनाएको छ ।

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई २३९ रनको बलियो लक्ष्य दिएको हो । शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले । कुशल भुर्तेलले ७७ रनको योगदान गरे । कुशल मल्ले ५० रन जोडे । दीपेन्द्रसिंह ऐरीले ४८ रन बनाए ।

नेपालले तेस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका लागि आसिफ शेख १६ रन बनाएर आउट भए । नेपालले ९ ओभर ३ बलमा दोस्रो विकेट गुमायो । कप्तान ज्ञानेन्द्र मल्ल ३३ रन बनाएर आउट भए ।

कुशल भुर्तेलको रुपमा नेपालले तेस्रो विकेट गुमाएको थियो । कुशल भुर्तेल ७७ रन बनाएर आउट भए । कुशलले ५३ बलमा आठ चौका र तीन छक्का प्रहार गरे ।