मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिग विजेता बन्दै नेपाल फाइनलमा, मलेसिया ६९ रनले पराजित

लिग विजेता बन्दै नेपाल फाइनलमा, मलेसिया ६९ रनले पराजित


काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालद्धारा मलेसिया ६९ रनले पराजित भएको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि अमीनुदिन रामलीले ४१ र कप्तान अहमद फैजले ३१ रन बनाएपनि अन्य ब्याट्सम्यानले सम्झनलायक प्रर्दशन गर्न सकेनन् ।

नेपालका लागि सन्दिप लामिछाने, सोमपाल कामी र कमलसिंह ऐरीले समान ३-३ विकेट लिए । सुसान भारीले १ विकेट लिए । 

यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले अलराउण्डर करण केसीको विष्फोटक व्याटिङको मद्तमा निर्धारित २० ओभरमा  ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।

नेपालका लागि करण केसीले १३ बलमा ७ छक्काको मदतमा ४५ रनको विष्फोटक इनिङ खेलेका थिए । आसिफ सेखले ३२ बलमा ४२ कुशल भुर्तेल १२ बलमा १६ र ज्ञानेन्द्र मल्लले २५ बलमा ४१ रन जोडे । दिपेन्द्रसिंह ऐरीले ३३ कुशल मल्लले १९ र विनोद भण्डारीले ८ रनको योगदान गरेका थिए ।

नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिजमा मलेसियाले एक खेल पनि जित्न सकेन । जितसंगै नेपाल लिग विजेताको रुपमा फाइनल प्रवेश गरेको छ । फाइनलमा घरेलु टोली नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।